Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मकवानपुरमा पत्रकारलाई पेन्सन र दुर्घटना बीमा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १९, वाग्मती | नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौँडा उप महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । महासङ्घ मकवानपुर शाखाले विगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा थप रु पाँच लाख सहयोग गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

महासङ्घले  २० वर्ष काम गरेका र ६० वर्ष उमेर  पुगेका ज्येष्ठ पत्रकारका लागि पेन्सन दिन  सञ्चालनमा ल्याएको कोषमा थौरै भए पनि सहयोग पुगोस् भनेर सहयोग हस्तान्तरण गरिएको प्रमुख महतले भन्नुभयो । नेपालमा पहिलो पटक पत्रकार महासङ्घ मकवानपुर शाखाले एक वर्ष अगाडि कोष स्थापना गरेर मासिक रु चार हजार ज्येष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन दिँदै आएको जनाएको छ ।

चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले कोषका लागि रु पाँच लाख सहयोग  गरेको शाखाका अध्यक्ष मणिराज गौतमले जानकारी दिनुभयो । शाखाका निर्वतमान अध्यक्ष तथा पेन्सनकोषका संयोजक हरि हुमागाईंले आफनो नेतृत्वमा महासङ्घ पेन्सन कोषको स्थापना भएको र त्यसलाई थप वृद्धि गर्दे लैजाने अभियानमा लागेको बताउनुभयो । उक्त शाखाले पेन्सन कोषसम्बन्धी कार्यविधि बनाएर साधारणसभाले पास गरेपछि पेन्सनकोष सभामा ल्याइएको उहाँले भन्नुभयो । पेन्सनकोषका लागि उपमहानगरपालिकाले  अघिल्लो वर्षमा रु १० लाख  सहयोग गरेको बताइएको छ ।

यसअघि  हेटौँडा उपमहानगरपालिकाले मकवानपुर जिल्लाका १६४ पत्रकारको रु पाँच लाखको दरले दुर्घटना बीमा गरिसकेको छ । बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम रु एक लाख २२ हजार २७० महासङ्घलाई  प्रमुख महतले चेक हस्तान्तरण गरिसकेको बताइएको छ । गतवर्षदेखि उपमहानगर पालिकाले सो शाखाका सदस्यका लागि दुर्घटना बीमा गर्दे आएको छ ।