2026-10-02 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुमा हिमपातः तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

माघ २३, सोलु । भारी हिमपातका कारण सिद्विचरण राजमार्ग  अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो ।सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन   ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्णरुपले बन्द भएको  जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिनुभयो ।

यतायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रका सडकमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुङ्गाले जेसिबीको प्रयोग गरे पनि सम्भव नभएको जनाइएको छ ।  स्थानीयवासी ङिमा ग्लाल्जेन शेर्पाका अनुसार जेसिबीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले समस्या भएको हो । यसका कारण बाहिरी जिल्लाबाट सोलुखुम्बुका लागि छुटेको सावरीसाधन ओखलढुङ्गाको ठाढे, टोड्के, विपलाटेलगायतका स्थानमा तीन दिनदेखि रोकिएका छन् भने सोलुखुम्बुबाट छुटेका केही सवारी सोलुदूधकुण्ड नगरपालिका–११ बेलिडाँडामा रोकिएका छन् ।

सवारीसाधन गन्तव्यमा पुग्न नसक्दा सयौँ यात्रुको बिचल्लीमा परेका छन् । सवारी रोकिएसँगै खानबस्नको समेत समस्या भएको यात्रुहरूले गुनासो गरेका छन् । विशेषगरी असक्त, बालबालिका, वृद्धवृद्वा  यात्रु समस्यामा परेको बताइएको छ ।जन्तीसमेत ठाडे क्षेत्रमा रोकिएका सल्लेरीका दीपक राजभण्डारीले बताउनुभयो । आफ्ना, आफन्तसमेत जन्ती आउँदै गरेको भए पनि अहिले सडकमा जमेको हिउँका कारण सवारी सञ्चालन हुन नसक्दा बीचबाटोमै रोकिएको उहाँको भनाइ छ ।

काठमाडौँदेखि सोलुसम्मका यात्रामा शुक्रबार नै निस्केको भए पनि ओखलढुङ्गाको टोट्केमै रोकिएर बस्नुपरेको  दीपक केसीले बताउनुभयो । हिमपात भएको बेला सामान्य भए पनि यसपछिको सडक यात्रा जोखिमपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कटवालले जानकारी दिनुभयो । सडकमा हिउँ जम्ने र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा अतिआवश्यक कामबाहेक यात्रामा ननिस्कन उहाँले आग्रह समेत गर्नुभयो । आज दिउँसोसम्ममा सडक सुचारु गराउन  प्रयास सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने