2026-08-31 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

वर्षाले चितवनमा एक करोड इँट्टा नष्ट

माघ २३, चितवन | वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो । 

व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ । माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पूरै नष्ट हुने गर्दछ । काँचो इँट्टा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ । केही दिन परेको वर्षाका कारण इँट्टा नोक्सान भएको हो । चितवन इँट्टा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँट्टा नष्ट भएका हुन् ।

कोभिड १९ अघि १८ उद्योग सञ्चालनमा थिए । अन्य उद्योग कोरोनाका कारण बन्द भएका छन् । सापकोटाको भनाइमा हाल सञ्चालनमा रहेका उद्योगमा सरदर एउटामा १५ लाख काँचो इँट्टा रहेका थिए । पानीले सबै इँट्टा नष्ट भएका छन् । उहाँले भन्नुभयो, “सङ्ख्याको हिसाबले एक करोडभन्दा बढी इँट्टा नष्ट भएका छन् ।” यसबाट करोडौँ रुपैयाँ नोक्सानी भएको उहाँको दाबी छ । 

आफ्नो बिके इँट्टा उद्योगका १५ लाख काँचो इँट्टा नष्ट भएको उहाँले जानकारी दिनुभयो । इँट्टा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहनुभएका सापकोटाले बेमौसमी वर्षाका कारण देशभरका एक हजार ५०० उद्योगमा नोक्सान पुगेको बताउनुभयो । उहाँले भन्नुभयो “आत्मनिर्भर इँट्टा उद्योग कोभिडसँगै बेमौसमी वर्षाले विस्थापित हुने अवस्थामा पुगेका छन् ।” सरकारले समयमै सम्बोधन नगरेमा आत्मनिर्भर यो व्यवसाय विदेशमा निर्भर हुनुपर्ने अवस्था आउने उहाँको भनाइ छ । 

इँट्टा पकाउन प्रयोग हुने कोइला बाहेक अन्य कच्चा पदार्थ यहीँ पाइन्छ । केही जनशक्ति भारतबाट ल्याइन्छ । ठूलो सङ्ख्यामा नेपालीले स्वदेशमै रोजगारी पाएका छन् । पूर्वी चितवनको खैरहनीस्थित लालपुरमा रहेको मनकामना इँट्टा उद्योगमा रहेका १० लाख काँचो इँट्टा नष्ट भएका छन् । उद्योगका सञ्चालक पुष्प पियाले वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्नु परेको बताउनुभयो । एक हजार काँचो इँट्टा बनाउन मजदूरलाई मात्रै रु एक हजार २०० दिनुपर्ने भन्दै उहाँले माटो, बालुवालगायत सामग्री खरिद गर्दा ठूलो लगानी हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने