2026-08-31 08:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको कन्या क्याम्पसमा ‘बुहारी’ बढी

माघ २४, काठमाडौँ | यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण बढेको हो ।

क्याम्पसका प्रमुख डा विश्वराज सुवेदीका अनुसार स्नातकोत्तरमा ७० प्रतिशत छात्रा विवाहित छन् । स्नातकमा यो प्रतिशत ४० भन्दामाथि छ । कक्षा ११ र १२ मा पनि विवाहित छात्रा आउने गरेको सुवेदीले जानकारी दिनुभयो । क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन र नर्सिङ पढाई हुँदै आएको छ । हाल एक हजार ५०० विद्यार्थी अध्ययनरत छन् ।

‘महिला सशक्तिकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे । यी दुई सङ्कायमा स्नातक तहको पहिलो वर्षमा ३७६ विद्यार्थी पुगेका छन् ।

प्रमुख सुवेदीले भन्नुभयो, “विवाहितलाई यो क्याम्पस सुरक्षित महसुस हुने गरेको छ, परिवारले पनि यही पढाउने चाहना गर्न थालेको पाइएको छ ।” त्यसो त तराई क्षेत्रबाट समेत विद्यार्थी आउनेक्रम बढेको सुवेदीले जानकारी दिनुभयो । 

उहाँले थप्नुभयो, “यहाँ चितवनसहित २५ जिल्लाका विद्यार्थी छन्, तराईमूलका विद्यार्थी आउनेक्रम बढेर गएको छ ।” महिलाहरुको मात्रै पढाई हुने हुँदा विवाहित र तराईका छात्राको आकर्षण बढेको हो । केही वर्षअघिसम्म विद्यार्थीको अभावमा प्राध्यापक कर्मचारीले लामो समय पारिश्रमिक नपाउने समस्या रहेको थियो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भन्नुहुन्छ, “म अध्यक्ष भएपछि प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउने जस्ता कार्यले आकर्षण बढेको हो ।” समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उहाँको भनाइ छ ।

स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउनुहुन्छ । उहाँले थप्नुभयो, “यो क्याम्पस सबै हिसाबबाट उत्कृष्ट बन्दै गएको छ, गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको छ ।” अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन् । यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ । 

क्याम्पसले रु एक करोड २५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । आगामी वैशाखसम्ममा कोषमा रु एक करोड ४० लाख पुर्याइँदै छ । पौडेलले भन्नुभयो, “हामी छात्रालाई आवश्यकताअनुसार निष्पक्ष ढङ्गबाट छात्रावृत्ति वितरण गर्दछौँ ।” क्याम्पसका छात्रा दुई पटक देशमै उत्कृष्ट भएको र धेरै पटक जिल्ला प्रथम भएको जनाउँदै उहाँले यहाँबाट उत्कृष्ट भएका सात छात्रा यही प्राध्यापक रहेको बताउनुभयो । क्याम्पसमा प्राध्यापक कर्मचारी गरी ७५ जनाले रोजगारी पाएका छन् । क्याम्पसमा छात्रावास र यातायातको सुविधासमेत दिइएको छ ।

क्याम्पसले त्रिवि अनुदान आयोगद्वारा गुणस्तर सुनिश्चितता चक्र ९क्युएए साइकल० पूरा गरेको छ । प्रमाणपत्र पाउन बाँकी छ । जिल्लामा अन्य तीन क्याम्पसले मात्रै यो चक्र पूरा गरेका छन् । हालसम्म मैयादेवी र क्याम्पसकै आम्दानीबाट चल्दै आएको यस क्याम्पसमा यस वर्ष बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेका छन् । प्रशासकीय भवन, पुस्तकालय, ईलाइब्रेरी, मोज्याक टाइललगायत सहयोग प्राप्त भएको पौडेलले बताउनुभयो । क्याम्पसको संस्थापक संरक्षक सुश्री मैयादेवी श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने