४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट

२५ माघ २०७८, मंगलवार ०५:४१

माघ २५, डोटी | सुजङ अस्पताल दिपायल राजपुरले जिल्लामा कार्यरत पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ डोटी शाखाको समन्वयमा अस्पतालले पत्रकार तथा उनीहरूका परिवारलाई सहुलियत दिने निर्णय गरेको हो । ल्याबका सबै प्रकारका जाँच, एक्सरे, भिडियो एक्सरेलगायतका सेवा निःशुल्क, विषेशज्ञ सेवामा बाहेक अन्य सेवामा सहुलियत प्रदान गरिने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिनुभयो ।

अस्पतालका प्रशासन प्रमुख बलायर र पत्रकार महासङ्घका अध्यक्ष मोहन शाहीले स्वास्थ्य सेवामा छुट गर्ने गरी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको शाखा सचिव केशवचन्द्र महराले जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौताअनुसार स्वास्थ्य सेवा लिने व्यक्ति महासङ्घको साधारण सदस्य हुनुपर्ने उल्लेख छ । स्वास्थ्य सेवा लिन जाँदा महासङ्घको सदस्यताको परिचयपत्र र महासङ्घको सिफारिस पेश गर्नुपर्ने प्रावधान छ ।

जिल्लामा पत्रकारले निर्वाह गरेको सामाजिक उत्तरदायित्व, मर्यादा, स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको योगदान र भूमिकाको मूल्याङ्कन गर्दै स्वास्थ्योपचारमा सहजता पुगोस् भन्ने उद्देश्यले उपचारमा सहुलियत दिने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख बलायरले बताउनुभयो । मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारको अर्थावस्था अहिले पनि कमजोर रहेकामा अस्पतालले पत्रकार तथा उनीहरूका परवारका लागि उपचारमा सहुलियत दिन गरिएको निर्णय सराहनीय भएको महासङ्घका अध्यक्ष शाहीले बताउनुभयो । 

महासङ्घले जिल्लामा रहेका अन्य अस्पतालसँग पनि पत्रकार तथा उनीहरूका परिवारको उपचारका लागि सहुलियत दिलाउन पहल गर्ने अध्यक्ष शाहीले जानकारी दिनुभयो । सुजङ अस्पताल ५० शय्याको सामुदायिक अस्पताल हो । अस्पतालले अर्थावस्था कमजोर भएका नागरिकलाई पनि उपचारमा सहुलियत दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ