2026-10-02 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चार महिनादेखि अवरुद्ध मेची राजमार्ग खुल्यो

माघ २५, मङ्गलबारे | गएको चार महिनादेखि पहिरो गएर अवरुद्ध भएको मेची राजमार्ग खुलेको छ । पहिरो झरेर छिनेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि खुलेको हो । मर्मत भएको सडक कच्चीरूपमा खोलिएको, एकतर्फी सडक सञ्चालनमा आएको बताइएको छ । पहिरो झरेको माथिल्लो भागको भित्तो कोपरेर सवारीसाधन गुड्ने गरी सडक निर्माण गरिएको छ ।

तत्कालका लागि मालवाहक सवारी एकतर्फीरूपमा मात्र सञ्चालन हुने गरी सडक निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जोखिम कायमै रहेकाले दिउँसो मात्र सञ्चालन गर्न सहज हुने छ । मेची राजमार्गमा पहिराका कारण सडक झरेपछि ताप्लेजुङ, पाँचथरलगायतबाट इलाम हुँदै झापा तथा काठमाडौँसम्म सञ्चालन हुने साना तथा ठूला सवारी इलाम बजार भएर नै गुड्ने गरेका थिए । अब भने इलाम बजारको जामसमेत हट्ने भएको छ ।

करिब तीन महिनायता ठेक्का लागेर निर्माणाधीन पक्की सडक भने सम्पन्न हुन अझै केही समय लाग्ने भएको छ । सो सडक मर्मतको काम डिभिजन सडक कार्यालय इलामले गरिरहेको छ । मर्मतका लागि मेची राजमार्गमा पक्की पुल नै निर्माण हुने भएकाले समय लाग्ने बताइएको छ । 

गत असोज १६ गतेदेखि सडकमा पहिरो खस्न सुरु भएपछि अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि साना सवारी इलाम बजार भएर एकतर्फीरूपमा चल्दै आएका थिए । ठूला मालवाहक सवारी भने रातको समयमा मात्र गुड्ने गरेका थिए । पाँचथर, ताप्लेजुङलगायत जिल्लाका उत्तरी र पश्चिमी क्षेत्रबाट आएका ठूला सवारी धोबीधारा, झापा र सुनसरीलगायतबाट आएका ठूला सवारी जिरोकिलोमा पार्किङ गरी राखेर रातको समयमा ओहोरदोहोर गरिँदै आइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने