८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधवनारायणका बर्तालु चाँगुनारायणमा

१ फाल्गुन २०७८, आईतवार ०९:३५

फागुन १, काठमाडौँ । पौष शुक्लपूर्णिमादेखि साँखुस्थित शालिनदीमा माधवनारायणको व्रत बसेका बर्तालुले तीर्थयात्राका क्रममा स्नान गरेर चाँगुनारायण मन्दिरमा  पूजा तथा आराधना गरेका छन् । बर्तालुले मूल मन्दिरमा माधवनारायण राखेर विशेष पूजा गरेका हुन् । चाँगुनारायणको विशेष पूजा गरेसँगै यस वर्षको तीर्थयात्रा पनि सम्पन्न भएको छ । माघ शुक्ल एकादशीका दिन (शनिबार) बर्तालु पैदल हिँडेर चाँगुनारायण पुगी बास बसेका थिए । द्वादशीका दिन स्नान गरी चाँगुनारायणमा विशेष पूजा तथा आराधना गर्ने व्रतविधि छ । आज बिहान विशेष पूजा सकेपछि बर्तालुले साँखु पुगी भोजन गरेको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठ बताउनुहुन्छ ।

यसअघि पशुपतिबाट शेषनारायणसम्म र पनौती गरी दुई वटा तीर्थयात्रा सम्पन्न भइसकेको थियो । तीर्थयात्रा सम्पन्न भएपछि माघ शुक्ल चतुर्दशीका दिन शङ्ख बजाउँदै पूर्णिमाका दिन गरिने व्रत समापन पूजाका लागि भक्तजनलाई निमन्त्रणा गरिन्छ । बज्रयोगिनी माईललगायत साँखु बजार बाहिर पनि सुनिने  गरी व्रत समापनको निमन्त्रणा गर्ने प्राचीनकालदेखिको विधि छ । 

 फागुन ४ गते माघ शुक्ल पूर्णिमाका दिन व्रतको समापन (साङ्गे) गरिन्छ । यसलाई स्थानीयवासीले अश्वमेध यज्ञ पनि भन्छन् । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखको शालिनदीमा यसवर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् । माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनरायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गरेको भोलिपल्ट गणेशको पूजा गर्ने परम्परा रहेको साँखु शालिनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज अनुसन्धान गरिहरहनुभएका प्रकाश श्रेष्ठ ‘सक्वले’ राससलाई जानकारी दिनुहुन्छ ।शालिनदीको एक महिने मेला अन्तिम चरणमा पुगेका बेला साँखु क्षेत्रमा आन्तरिक धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । ऐतिहासिक, सांस्कृतिक एवं पौराणिक महत्वको शालिनदीमा पार्किङ, सार्वजनिक यातायात, होटल र खुद्रा पसल भने व्यवस्थित नभएको तीर्थयात्रीको गुनासो छ । नगरपालिकाले व्यवस्थित रुपमा काम गर्न नसकेको भन्दै भक्तजनले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा