८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु

५ फाल्गुन २०७८, बिहीबार ०५:०३

फागुन ५, काठमाडौँ । काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ। 

आज बिहान करिब ६ बजेतिर बसले किच्दा दुईजनाको मृत्यु भएको बालाजु प्रहरी वित्त प्रमुख डिएसपी गौतम मिश्रले जानकारी दिए।  मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी करिब ५० वर्षीया महिला छन्। 

बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो। ठक्करपछि मिनिबससहित चालक फरार भएको छन्। बसको नम्बर खुल्न सकेको छैन। घटनाबारे महानगरीय प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ।

यस्तै महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा हिजो बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। महोत्तरीकै गौशाला नगरपालिका ११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो। 

गौशालाबाट रामनगरतर्फ जादै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा