२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरानमा भेटियो हत्या गरेर जेब्रा झोलामा फालिएको मानिसको टाउको र खुट्टा

५ फाल्गुन २०७८, बिहीबार ०५:१६

फागुन ५, धरान । धरान–धनकुटा लोकमार्गमा पर्ने निसाने जङ्गलमा हत्या गरेर फालिएको मानिसको टाउको र दाहिने खुट्टा भेटिएको छ। सुनसरीको धरान उपमहानगरपालिका–४ मा दाउरा काट्न जङ्गल गएका स्थानीयले दुर्गन्ध फैलिएपश्चात खोजिनीति गर्दा जेब्रा झोलामा मानिसको टाउको र खुट्टा भेटिएको छ। 

मानिसको टाउको र खुट्टा भेटिए पश्चात तत्काल प्रहरीलाई खबर गरिएको नेकपा एमाले धरान-१३ का सचिव विष्णु चौलागाईले बताए। तत्काल इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी परिचालन गरी निसाने जङ्गलमा हत्या गरी फालिएको मानिसको टाउको र दाहिने खुट्टा बरामत गरिएको डीएसपी नरेन्द्र कुवँरले जानकारी दिए। उनले घटनाको मुचुल्का तयार गरी टाउको र खुट्टा शल्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिए। टाउकोमा दाह्री पलाएकाले खसआर्य समुदायको मानिसको हत्या भएको अनुमान गर्न सकिने उनको भनाई छ। 

घटनाको प्रकृति हेर्दा कसैले मानिसको हत्या गरेको प्रहरीको भनाई छ। हत्या गरिएका मानिसको पहिचानका लागि सुनसरी, मोरङ, उदयपुर, धनकुटा लगायतका छिमेकी जिल्लाका प्रहरी कार्यालयहरुलाई पत्राचार गरिएको डीएसपी कुवँरले बताएका छन्। उनले घरबाट कोहि हराइरहेको भए तत्काल इलाका प्रहरी कार्यालय धरानमा परिवारका सदस्यलाई सम्पर्कमा आउनसमेत आग्रह गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? ‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’ नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ