२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा बैठक : आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश

६ फाल्गुन २०७८, शुक्रबार ०८:४२

फागुन ६, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका बाबजुद प्रतिनिधिसभामा ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८’ पेश भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश गर्नुभयो । एमाले सांसदले गैरसांसदलाई प्रवेश निषेध गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेलगायतका माग गर्दै नाराबाजी गर्नुभएको थियो । 

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै विपक्षी दलले संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले महामारीका कारण संसद् बैठक नियमित हुन नसकेको र भएका बैठकमा पनि अवरोध कायम हुँदा आमनागरिकका दैनिक समस्या सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने तथा महत्वपूर्ण विधेयक विचराधीन रहेकाले बैठकमा अवरोध नगरी नियमित सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि उहाँले कार्यसूचीलाई अगाडि बढाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ८ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै