भदौ ११, लहान । सिरहामा चालु आर्थिक वर्ष ७२/७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेको छ । एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ७२/७३ सम्ममा १२ जनाको मृत्यु भएको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जिल्लाको लहानस्थित रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, लहान । सिरहामा चालु आर्थिक वर्ष ७२/७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेको छ । एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ७२/७३ सम्ममा १२ जनाको मृत्यु भएको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जिल्लाको लहानस्थित रा"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा थप २६ एचआइभी सङ्क्रमित भेटियो

११ भाद्र २०७३, शनिबार ०८:२६

भदौ ११, लहान । सिरहामा चालु आर्थिक वर्ष ७२/७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेको छ । एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ७२/७३ सम्ममा १२ जनाको मृत्यु भएको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जिल्लाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल र सिरहा जिल्ला अस्पतालमा सञ्चालन गरेको ‘भिसिटी’ सेन्टरमा जाँच गराएकामध्ये थप २६ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो । 

चालु आर्थिक वर्षमा लहान अस्पतालमा २० जना र सिरहा अस्पतालमा ६ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका एचआइभी एड्स समन्वय समितिका सरोज कर्णले जानकारी दिनुभयो । 

यो सँगै सिरहामा अब एचआइभी सङ्क्रमितको सङ्ख्या ६८ जना पुगेको छ । अघिल्लो आर्थिक वर्ष ७१/७२ मा पनि १५ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका थिए । एचआइभी सङ्क्रमितमध्ये ४२ जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुर अस्पताल पठाइएको कर्णले बताउनुभयो । 

वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या जिल्लामा अत्यधिक रहेको र रोजगारीबाट फर्के पश्चात् स्वास्थ्य जाँच गराउने सोच नभएकाले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्करलाल कर्णले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का