भदौ ११, नवलपरासी । नवलपरासीको सुस्तामा सुरक्षित आश्रय भवन निमार्ण गरिएको छ । विशेष गरी बाढी लगायतका विभिन्न विपत्को समयमा सुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, नवलपरासी । नवलपरासीको सुस्तामा सुरक्षित आश्रय भवन निमार्ण गरिएको छ । विशेष गरी बाढी लगायतका विभिन्न विपत्को समयमा सुस"/>
१ माघ २०८२, बुधबार
नवलपुर - NWL

नवलपरासीको सुस्तामा सुरक्षित आश्रय भवन निर्माण

११ भाद्र २०७३, शनिबार ०८:४५

भदौ ११, नवलपरासी । नवलपरासीको सुस्तामा सुरक्षित आश्रय भवन निमार्ण गरिएको छ । विशेष गरी बाढी लगायतका विभिन्न विपत्को समयमा सुस्तावासीलाई तत्कालका लागि सुरक्षित आश्रयस्थलमा राख्ने उद्देश्यले सो भवन निर्माण गरिएको हो । 

नेपाल भारत सीमा बाढी उत्थानशील समुदाय परियोजना अन्तर्गत बाढीको समयमा सुस्ताका समुदायलाई सुरक्षितस्थलमा रहनका लागि सो भवन निर्माण गरिएको हो । 

जिल्ला दैविक प्रकोप उद्धार समिति, नवलपरासीसँग समन्वय गरी ‘लुथरन वल्र्ड रिलिफ’को सहयोगमा सहमति संस्थाद्वारा सञ्चालित सो परियोजनाले सो सुरक्षित आश्रय भवन निर्माण गरिदिएको हो । 

सहमति संस्थाको रु १५ लाख र जनश्रम दान रु दुई लाख गरी कुल रु १७ लाखको लागतमा भवन निमार्ण पूरा भएको सहमति संस्थाका लेखा अधिकृत सुुवास देवकोटाले बताउनुभयो । 

सो सुरक्षित आश्रय भवनमा महिला र पुरुषलाई फरक ÷फरक कोठामा बस्ने गरी ५०० जनाको क्षमता रहेको छ । यसरी सुस्तामा पहिलो पटक गैरसरकारी संस्थाको सहयोगमा सुरक्षित आश्रय भवन निर्माण भएपछि सुस्तावासी हर्षित बनेका छन् । 

यसबाहेक सुस्तामा बाढी आएको बेलामा सबै सुस्तावासीलाई सूचना प्रदान गर्न आकश्मिक साइरन, स्टेचर, पूर्व सूचना प्रणालीलाई आधुनिकरण गर्न ‘स्माट’ फोन सहयोग गरेको कार्यक्रम संयोजक सुरेश पौडेलले जानकारी दिनुभयो । 

साथै सुस्तामा बाढी आएमा बच्न आवश्यक लाइफ जाकेटलगायत अन्य आवश्यक सामग्री समेत सुस्तावासीलाई प्रदान गरिएको छ । 

सुस्तामा वर्षाको समयमा पटक÷पटक नारायणी नदी गाउँमा बस्ने गरेपछि सुस्तावासीलाई वर्षाको समयमा निकै कठिनाइ हुने गरेको थियो । यद्यपि सुस्ताको अग्लोस्थानमा सुरक्षित आश्रय भवन निर्माण भएपछि वर्षाको समय थप सजिलो हुनेमा सुस्तावासी आसावादी बनेका हुन् । 

सुस्तामा सहमति संस्थाले यस अगावै रु चार लाखको लागतमा कल्वट, रु तीन लाखको लागतमा सडकको स्तरोउन्नति लगायतका काम समेत गरिसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का