फागुन १०, काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।
चिनियाँ नागरिक पक्राउ गरेर उनीहरूबारे अनुसन्धान गर्दै रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका चिनियाँ नागरिकहरुले अवैध कल बाइपासमा संलग्न भएको आरोप छ ।
चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।