2026-10-23 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरु गरे त्यसले ‘क्षेत्रीय युद्ध’को रूप लिने चेतावनी दिएको केही घण्टापछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । फ्लोरिडास्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले मध्यपूर्व क्षेत्रमा अमेरिकाले शक्तिशाली सैन्य साधन तैनाथ गरे पनि आफ्नो प्राथमिकता कूटनीतिक समाधान नै रहेको स्पष्ट पारे ।

उनले सम्झौता नभए खामेनेईको चेतावनी सही थियो कि थिएन भन्ने कुरा स्पष्ट हुने बताए । ‘हाम्रा विश्वकै सबैभन्दा शक्तिशाली जहाजहरू त्यहाँ नजिकै छन् । केही दिनभित्रै सम्झौता हुन्छ भन्ने आशा छ । यदि सम्झौता भएन भने, उनले भनेको कुरा सही थियो कि थिएन, त्यो हामीले थाहा पाउनेछौँ,’ ट्रम्पले भने ।

यसअघि इरानका सर्वोच्च नेता खामेनेईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई सैन्य कारबाही नगर्न चेतावनी दिएका थिए । अमेरिकाले युद्ध सुरु गरे त्यसले सीमित रूप नलिई सम्पूर्ण क्षेत्र नै युद्धमा फस्ने उनको भनाइ थियो । युद्धपोत र लडाकु विमानको धम्कीले इरानी जनता नडराउने भन्दै उनले इरानमाथि आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएका छन् ।​ खामेनेईले इरान युद्धको सुरुवातकर्ता नभए पनि कुनै पनि आक्रमणको निर्णायक जवाफ दिने बताए ।

उनले अमेरिका इरानका तेल, ग्यास, खनिज स्रोत र भौगोलिक अवस्थाका कारण प्रभुत्व जमाउन खोजिरहेको आरोप समेत लगाए । विगतमा अमेरिका इरानको राजनीति, सुरक्षा र स्रोतसाधनमाथि हाबी रहेको तर अहिले आफ्नो नियन्त्रण कमजोर भएपछि पुनः प्रभाव जमाउने प्रयास भइरहेको उनको दाबी छ ।

यसैबिच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिका–इरान वार्ताको तयारी अघि बढिरहेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा उनले सञ्चारमाध्यमले सिर्जना गरेको हल्लाभन्दा फरक रूपमा वार्ताका संरचनात्मक तयारीहरू अगाडि बढिरहेको उल्लेख गरेका छन्, यद्यपि वार्ताको ढाँचाबारे कुनै विवरण दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने