सम्राट सिंह/भदौ ११, बझाङ । जिल्लाको आधाभन्दा बढी क्षेत्रफल रहेको काँडा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै नारा जुलुस गरेको छ । काँडा गाविसका बासिन्दाहरुले काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै शनिबार नारा जुलुस गरेको हो ।

जिविसमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ११, बझाङ । जिल्लाको आधाभन्दा बढी क्षेत्रफल रहेको काँडा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै नारा जुलुस गरेको छ । काँडा गाविसका बासिन्दाहरुले काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै शनिबार नारा जुलुस गरेको हो ।

जिविसमा "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँडा गाविसलाई छुट्टै गाउँपालिका माग गर्दै नारा जुलुस

११ भाद्र २०७३, शनिबार १२:२०

सम्राट सिंह/भदौ ११, बझाङ । जिल्लाको आधाभन्दा बढी क्षेत्रफल रहेको काँडा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै नारा जुलुस गरेको छ । काँडा गाविसका बासिन्दाहरुले काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै शनिबार नारा जुलुस गरेको हो ।

जिविसमा रहेको पुर्नसंरचना समितिले काँडा गाविसलाई नजिकका अन्य गाविस मेलबिसौना,धमेना, दाँतोला र सुनिकोट गाविसलाई गाभेर गाउँपालिका बनाउने खाका सार्वजनिक गरेको थियो ।

प्रस्ताविक खाकामा गाउँ पालिका तोकिएको केन्द्र तल्कोट पुग्न ४ दिन लाग्ने भएकाले काँडा गाविसबासी आक्रोसित भएका हुन । 

पुर्नसंरचना हुँदा जिल्लाको सबैभन्दा विकट गाविस काँडा का बासिन्दाहरुलाई केही राहत होला भन्ने सोचेका थियौ काँडा गाविसका कर्मा तामाङले भने अझै झनै दुख्ख दिने खाका सार्वजनिक गरी राज्यले काँडा गाविसबासीमाथी सौतेनी व्यवहार गरेको छ । 

जिल्लाको विकट गाविस काँडामा झण्डै ३ सय ६५ घरधुरी बसोबास गर्दै आएका छन भने गाविसको कुल जनसंख्या करिब २३ सय रहेको छ ।  गाउँलेहरु जनसंख्याको आधारमा नभएर भुगोलको आधारमा गाउँ पालिका बनाउनुपर्ने पटक पटक माग राख्दै आएका छन ।  

स्थानिय तह पुर्न संरचना आयोगले बझाङ जिल्लामा ८ वडा गाउँपालिका को खाका प्रस्तावित गरेको छ  । बेपायक पर्ने ठाउँमा गाउँपालिका समावेस गरेको भन्दै विभिन्न गाविसबाट ज्ञापनपत्र आउने क्रम जारी रहेको छ । 

कुन गाविसलाई कता मिलाउँदा उपयुक्त होला भनेर शुक्रबारदेखि स्थानिय तह पुर्नसंरचना बिशेष कार्यदल पनि छलफल गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का