पढ्न करिब 2 मिनेट लाग्छ

शंकर केसी/भदौ ११, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यानले हरितालिका तीजको अवसरमा हुन लागेको तिज गित प्रतियोगीता तथा सांस्कृतीक कार्यक्रमको तयारि तिब्र रुपमा अगाडी बढाइएको जनाएको छ ।

यहि भदौ १५ गते बुधबार कपुरकोटमा हुन लागेको कार्यक्रममा प्रमुख अतीथीको रुपमा सल्यानका प्रमुख जिल्ला अधिकारि दुर्गादत्त पौडेल सहभागी बन्ने प्रतिष्ठानका सल्यान अध्यक्ष यम थापाले जानकारि दिए ।

यस्तै कार्यक्रममा स्थानीय विकास अधिकारि रामचन्द्र पौडेल, सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपि श्याम बहादुर खत्री लगाएत जिल्ला स्थीत विभिन्न कार्यालय, राजनीतीक दलका, प्रतिष्ठान राप्ती अञ्चल समितीका प्रमुख प्रतिनीधीहरु प्नि सहभागी हुने उनले जनाए ।

एकल तिज गित प्रतियोगीतामा सल्यान जिल्ला भित्रका महिला वा पुरुषले मौलीक तीज गित प्रस्तुत गर्न सक्ने प्रतिष्ठानले जनाएको छ । प्रतीयोगीले १५ गते विहान ९ः३० बजे सम्म आफ्नो नाम दर्ता गराइसक्न पनि आयोजकले अनुरोध गरेको छ । प्रतीयोगीतामा प्रथम हुनेले रु ५०००, द्धिथीय हुनेले रु ३००० र तृतीय हुनेले रु २००० र साथमा प्रमाणपत्र प्रदान गरिने पनि अध्यक्ष थापालेजानकारि दिएका छन् । कार्यक्रमका लागी विभिन्न तयारिहरु चलिरहेको जनाइएको छ ।

कार्यक्रममा लोक दोहोरि गायक शक्ति चन्द, प्रेमविवश घर्ती लगाएत जिल्लाका विभिन्न कलाकारहरुले तिज विशेष प्रस्तुती राख्ने कार्यक्रम रहेको प्रतिष्ठानका सचिव शँकर केसीले जनाए । वेमौषमी तरकारिको लागी नेपालमै प्रख्यात कपुरकोटमा कार्यक्रम राख्न लागीएको हो ।