अरुण बम/ललित बोहरा | भदौ ११, डोटी/डडेल्धुरा | सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराएपछि साउन २१ मा सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्ड गठन गर्‍यो। त्यो बोर्डले अनुसन्धानका क्रममा निगर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अरुण बम/ललित बोहरा | भदौ ११, डोटी/डडेल्धुरा | सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराएपछि साउन २१ मा सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्ड गठन गर्‍यो। त्यो बोर्डले अनुसन्धानका क्रममा निगर"/>
२०८२, २६ चैत्र बिहीबार
डडेलधुरा - DDL

सैन्य अनुसन्धानमा धामीझाक्रीको प्रयोग, यातना सहन नसकी आत्महत्या

२०७३, ११ भाद्र शनिबार १७:२५

अरुण बम/ललित बोहरा | भदौ ११, डोटी/डडेल्धुरा | सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराएपछि साउन २१ मा सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्ड गठन गर्‍यो। त्यो बोर्डले अनुसन्धानका क्रममा निगरानीमा राखिएका सैनिक कर्मचारीलाई ब्यापक यातना दिईरहेको कुरा बाहिर आयो। यसै यातनालाई सहन गर्न नसकेर निगरानीमै रहेका सैनिक हबल्दार दीपक बहादुर खड्काले आत्महत्या गरेको स्रोतको दाबी छ ।

परिवारस्रोतका अनुसार उनको मृत शरीरमा निलडामहरु थिए । जुन कडा यातनाबाट सिर्जित थिए । उनको शवलाई पत्रकार तथा अन्य ब्यक्तिहरुलाई हेर्न समेत दिईएको थिएन । यसै बिषयमा सैनिक प्रवक्ता तारा बहादुर कार्कीसंग प्रतिक्रिया लिदा सेनाले आफ्नै बिधिप्रक्रिया अनुसार अनुसन्धान गरेको बताएका थिए । उनले नेपाली सेना आजको यूगमा पनि शारीरिक र मानसिक यातनाबाट सत्य कुरा बाहिर निस्कन्छ भन्ने कुरामा बिश्वस्त नरहेको बताएका थिए । अनुसन्धानका क्रममा सेनाले आधुनिक शैली अपनाईरहेको उनको तर्क थियो । तर, अनुसन्धान गर्न गठित बोर्डले भने, उनको भनाईको ठ्याक्कै बिपरित शैलीमा काम गरिरहेको छ। निगरानीमा रहेका सैनिक जवानहरुलाई चरम यातना त दिईएको छ नै, यो संगै राज्यको प्रमूख सुरक्षा अंगको अनुसन्धान प्रक्रियाका झन् ‘हाँस्यास्पद् चर्तिकला समेत देखिन थालेका छन्।

बोर्डले हराएको हतियारबारे पत्ता लगाउन धामीझाँक्रीको प्रयोग गर्न थालेको छ । स्रोतका अनुसार बोर्डले घटना घटेको एकसातापछि पृतना आसपासका धामीझाँक्रीहरुबाट ‘देवता औतारी हतियार कहाँ हराएको हो भनी ‘सोधनीशुरु गरेको थियो। तर, त्यो सोधनीबाट कुनै रहस्य बाहिर आउन सकेन । रहस्य खुल्न नसकेपछि उल्टै धामीलाई धम्क्याउने काम गरेको तीमध्येका एक धामीले बताए । ‘दुईदिनसम्म लगे, सोधनी गरे । सोधनी गर्दा देबताबाट पनि कुनै कुरा निस्किएन ती धामीले भने, ‘केही कुरा निस्कन नसकेपछि उल्टै तिमीहरु केका देउता भनेर, यत्ति पनि पत्ता लगाउन नसक्ने भनेर लगाएका बालमुन्द्रा खोल्न थाले।  ती धामीसंग स्थानीय अन्य दुई जना धामी पनि लगिएको थियो । देउता सोधनीका क्रममा भित्रै जागिर गर्ने सेनाकै ४ जना अन्य जना धामीलाई पनि राखिएको थियो। ‘भित्रै नोकरी गर्ने लामालामा जुडी (टुप्पी) भएका अरुपनि धामी रहेछन, उनले भने,‘उनीहरु पहिल्यै देखी देउता औतारिरहेका थिए। हामीलाई पनि त्यही बसाए।

त्यसक्रममा चरम यातना दिएर राखिएका ४ जनालाई पालैपालो ल्याएर यिनिहरु दोषि हुन् की होईनन् भनेर सोधेको उनले बताए। उनका अनुसार ती चारैजनाका हातबाट स्लाईन जोडिएको थियो। सबैलाई कठोर यातना दिईएको थियो । एकएक गरी राख्दा उनीहरु पनि ‘प्रभू मेरो सत्यतथ्य बताईदे भनेर हात जोडेर घिड्घिडाउन थालेको उनी बताउँछन्। त्यसो गर्दा उल्टै पोलिथिन पाईपले उनीहरुलाई पिटिएको उनले सुनाए।

आफ्नो समूहमा रहेका धामीले औतारेका देवताहरुबाट कुनै निकास ननिस्केपछि एकले ‘यस्ता देउती–सेउती केही होईनन भनेर बाला मुन्द्रा खोल्ने प्रयास गरेको उनले बताए । ‘त्यतिबेलै अर्काले देउतासंग चल्नुहुन्न भनेपछि उ रोकियो, उनले भने । त्यसक्रममा एक धामी भित्रै बिरामी परेका थिए ।

स्थानीय धामीझाँक्रीबाट कुनै निकास ननिस्किएपछि सेनाले अछामबाट पनि केही धामी झिकाएर देउता औतार्दै सत्य पत्ता लगाउने प्रयास गरीरहेको स्रोतले जनाएको छ। यसबाहेक डोटीका अन्य गाउँगाउँबाट पनि धामी झिकाईएका छन्। एक टोली डडेल्धुरा नै पुगेर धामीझाँक्रीमार्फत सत्य खोज्ने प्रयासमा लागेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण