नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लामा शनिबारदेखि उद्घोषण, बोल्ने कला र पत्रकारीता सम्बन्धी १० दिने तालिम संचालन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लामा शनिबारदेखि उद्घोषण, बोल्ने कला र पत्रकारीता सम्बन्धी १० दिने तालिम संचालन"/>
२०८२, ४ फाल्गुन सोमबार
जुम्ला - JML

उद्घोषण, बोल्ने कला र पत्रकारीता सम्बन्धी १० दिने तालिम संचालन

२०७३, १२ भाद्र आईतवार ०३:००

नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लामा शनिबारदेखि उद्घोषण, बोल्ने कला र पत्रकारीता सम्बन्धी १० दिने तालिम संचालन भएको छ । क्षमता अभिबृद्धि र संचार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले तालिमको अयोजना गरीएको हो । जिल्ला स्थीत सरोकारवाला निकायको सहभागितामा शनिबार एक औपचारीक कार्यक्रम मार्फत साझा संचार नेपाल काठमाडौद्धारा आयोजित १० दिने तालिमको उद्घाटन गरीएको छ ।  

तालिम उद्घाटन शत्रको समापनमा बोल्दै जिल्ला न्यायधिष कृपासुर कार्किले राम्रो बोल्ने र लेख्नेको पछि संसार भएको भन्दै उद्घोषण, बोल्ने कला र पत्रकारीता सम्बन्धी सबैले ज्ञान लिनु आवाश्यक रहेको बताए । राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारीता जगतलाइ संबेदनशिल बनाउन तालिमका सहभागिले महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा उहाले जोड दिएका छन् ।    

कुनै पनि पत्रकारले लेखेको एउटै राम्रो समाचारले देशलाइ सहि दिसा तर्फ लिन सहयोग प्ुग्ने भन्दै राज्यको निकायमा रहेका विभिन्न कार्यालय तथा ब्यक्तिलाइ पत्रकारले समयमै खबरदारि गरेमा भएका कमि कमजोरीलाइ पनि सुदार्धै लैजान सहज हुने उहाको भनाइ छ । साथै उहाले जिल्लामा रहेका पत्रकारलाइ न्याय क्षेत्रको रिपोर्टमा क्रियासिल रहन आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डीतले तालिमका सहभागिलाइ मनदेखि इच्छा र चाहाना बोकेर सिप सिकेमा अवश्य साचेअनुरुप उपलब्धी हुने बताए । जिल्लामा दक्ष तथा महिला पत्रकारको आवाश्यकता रहेको औल्याउदै तालिमबाट यो समस्या समाधान हुनसक्ने उहाले अपेक्षा गर्नुभयो । साथै उहाले जिल्लामा रहेका सबै पत्रकारले पत्रकारीता आचारसंहिता अनिवार्य पालना गर्नु पर्ने भन्दै नँया बन्ने पत्रकारले यस बिषयमा ज्ञान लिन आवाश्यक रहेको बताए ।     

निमित्त स्थानिय विकास अधिकारी क्षेत्र बहादुर बुढ्थापाले जिल्लाको मिडिया तथा संचार क्षेत्रको विकासका लागि जिविसले सहयोग र समन्वयको भुमिका खेलेको बताउदै स्रोत साधानले भ्याएसम्म आगामि दिनमा पनि निरन्तर सहयोग र समन्वय रहने जानकारी दिए । पत्रकारहरुले सुशासन र विकासका बिषयमा पनि नियमित रिपोर्ट गर्नमा जोड दिनुपर्ने उहाको भनाइ छ ।

साझा संचार नेपालका अध्यक्ष मदन खड्काले देशमा सबैभन्दा बढि संचार क्षेत्रको विकास भएपनि त्यसको परीणाम अनुसार गुणस्तरमा बृद्धि नभएको बताए । साझा संचार नेपाल सरकारको नियम र कानुन अनुसार संचालन भैरहेको बताउदै देशभर उद्घोषण, बोल्ने कला र पत्रकारीता सम्बन्धी तालिम संचालन गर्दै आइरहेको जानकारी दिए ।

नेकपा एमाले जुम्लाका सदस्य धनकृष्ण पाण्डेले विभिन्न हिंसा, आन्दोलन र द्धोन्द्धको समयमा सकारात्मक भुमिका खेल्न पत्रकारीता जगतको महत्वपुर्ण भुमिका रहने बताए । नेकपा माओबादि केन्द्र जुम्लाका सदस्य दिपक गौतमले सहभागिलाइ तालिममा ध्यान दिएर नँया कुरा सिक्न आग्रह गर्दै साझा संचार नेपाल जुम्लाको शाखा विस्तारपछि प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिए ।

नँया शक्ति नेपालका सचिवालय सदस्य नरेन्द्रनाथ योगिले मिडिया क्षेत्र सँधै जिवित रहने भन्दै राज्यले पनि पत्रकारीता क्षेत्रको विकासमा जोड दिनु पर्ने बताए । संघिय समाजबादि फोरमका केन्द्रीय सदस्य बलिराज शाहिले जुम्लामा पहिलो पटक यस्तो तालिम संचालन हुनुमा गौरव भएको बताए । नेपाल मजदुर किसान पार्टि जुम्लाका महेश नेपालिले पत्रपत्रिका र रेडियोमा गुणस्तर ल्याउन पत्रकारमा दम र क्षमता हुनु पर्ने भन्दै त्यसका लागि उद्घोषण, बोल्ने कला र पत्रकारीता तालिम अपरीहार्य रहेको बताए ।

पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरम बहादुर महतले सहभागिलाइ नियमित र अनुसासित भएर सिप सिक्न आग्रह गर्दै जिल्लाको पत्रकारीता क्षेत्रको विकासका लागि महासंघले सबै सबै निकायसँग समन्वयको भुमिका खेलेको बताए । तालिम उद्घाटनका अवसरमा निमित्त महिला विकास अधिकृत मञ्जु पाण्डे, रेडियो कर्णालीका स्टेशन म्यानेजर गोर्ख बहादुर थापा, कर्णाली सरोकार दैनिक जुम्लाका सम्पादक नेत्र बहादुर शाहि, रेडियो नारी आवाजका स्टेशन म्यानेजर कृष्णमाया उपाध्याय लगाएतले मन्तब्य राखेका थिए ।    

सहभागिका तर्पबाट बोल्दै तिर्थ बोहोरा र सरीता पराजुलिले तालिममा ध्यान दिएर सिप सिक्ने प्रतिबद्धता गर्दै सुनौलो अवसर जुटाएकोमा साझा संचारलाइ धन्यबाद ब्यक्त गर्नुभयो । १० दिनसम्म संचालन हुने तालिमको शनिबार पहिलो दिन माइक्रोफोन, यसको प्रयोग गर्ने तरीका, उच्चारणमा ख्याल गर्नुपर्ने शब्दावलि र परीक्षाको अन्र्तवार्ता दिने तरीकाको बिषयमा छलफल भएको तालिम सांयोजक तिलक रिजालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की