१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोराको नागरिकता पाएपछि ज्वाइँले पुर्खौली सम्पत्तिमा हिस्सा खोजे…..

२३ फाल्गुन २०७८, सोमबार ०७:०५

फागुन २३, सप्तरी  । ज्वाइँलाई छोरा बनाएर नागरिकता बनाइदिएपछि थप पीडा भोग्नुपरेको  छ  ।  

नागरिकता  पाएपछि  ज्वाइँले  पुर्खौली  सम्पत्तिमा  हिस्सा खोजेपछि उनको नागरिकता बदरको  माग  गर्दै  १०  वर्षअघि  सप्तरी  प्रहरीमा  गरेको  उजुरी  उपर  कारबाही  नहुँदा ससुरा पीडित बनेका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–३,  सकरपुराका सातैन  मुखियाले  ग्राम  पञ्चायत छिटहीका लक्ष्मी  मुखिया (आफ्नै  दाइको  ज्वाइँ)लाई  छोरा  बनाएर  नेपाली   नागरिकता   बनाइदिएपछि   समस्या  भएको  शम्भु  मुखियाले  बताए ।   

आफ्नै फुपू चन्द्रकला  देवीको  श्रीमान्  लक्ष्मी  मुखियाले  किर्ते  नागरिकता लिएर आफ्नो सम्पत्तिमा अंशियार भएको दाबी गर्दै आएकोविरुद्ध  प्रहरीमा  उजुरी दिएको शम्भुले बताए ।

पीडितका  बुवा चन्देश्वर    मुखिया    भन्नुहुन्छ,    सुपौल   जिल्लाको   छिटही   ग्राम   पञ्चायत   विवाह   गरेर   गएकी   आफ्नी  बहिनी  चन्द्रकला मुखियाले  माइतीमा  आएर  आफ्नै  ठूलो  बुवालाई  आफ्नो  श्रीमान्को  बुवा  भनेर  फर्जी  कागजात  बनाई  जिल्ला प्रशासन    कार्यालयबाट  २०३५  सालमा नागरिकता बनाइदिएको  बताए ।

उनले  सोही आधारमा आफूहरूले प्रहरीमा  नागरिकता छानबिनका   लागि  जिल्ला  प्रहरी  कार्यालयमा  जाहेरी  दिएको  तर  जिल्ला  प्रहरी  कार्यालयले  उक्त  निवेदनमाथि  कुनै  अनुसन्धान   नगरेपछि   अदालतमा   रिट   हालेको   र   जिल्ला   प्रहरी   कार्यालयले   अदालतको   पटक–पटक  अवहेलना  गरेको  कागजात  देखाउँदै  आफूहरूलाई न्याय चाहिएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’