२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जनयुद्धमा मारिएका ७३ माओवादी नेताका संझनामा शहीद स्तम्भ पार्क निर्माण

२०७८, २४ फाल्गुन मंगलवार ०८:५८

फागुन २४, खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क (उद्यान) निर्माण गरिएको छ । दसवर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको संझनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो । पार्कमा खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा नेपाल प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका शहीद मनोज जोशीको नामसमेत समावेश गरिएको छ । 

नेकपा माओवादीको जिल्ला समिति सदस्य श्रेष्ठलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरी विसं २०५५ पुस २७ गते उदयपुरको तावाश्रीमा लगेर गोली हानी हत्या  गरेको थियो । 

शहीद जोशीलाई विसं २०४८ साउन १५ गते नेपाल प्रहरीले गोली हानेर हत्या गरेको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौता पूरा नभएको विरोधमा कर्मचारीले निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले हानेको गोली लागेर उहाँको मृत्यु भएको थियो ।

देश र जनताका लागि आफ्नो ज्यान आहुति दिने शहीदहरुको सम्मान र पर्यटकीयस्थल तावाभञ्ज्याङको प्रवद्र्धन गर्न पार्क निर्माण गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । “तावाभञ्ज्याङ प्राकृतिकरुपमै पर्यटकीयस्तल हो । यस ठाउँकोे प्रवद्र्धन गर्न विभिन्न संरचना निर्माण भइरहेका छन्,” उहाँले भन्नुभयो, “प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत यस वर्ष रु १५ लाखको लगानीमा शहीद स्तम्भ, पार्क र प्रवेशद्वार निर्माण गरिएको छ ।”दसवर्षे जनयुद्धको समयमा माओवादीको सुरक्षित सेल्टर मानिने तावाभञ्ज्याङ नजिकै पाँचधारेमा विसं २०६२ असार ८ गते माओवादी र नेपाली सेनाबीच दोहोरो भिडन्त हुँदा माओवादीका कम्पनी कमान्डर सर्वधान राई ‘अग्नि’सहित १० जनाले ज्यान गुमाएका थिए । उक्त घटनामा नेपाली सेनाका १३ जवानसमेत मारिएका थिए । 

तावाभञ्ज्याङमा निर्माण गरिएको शहीद पार्कलाई बाह्रै महिना हराभरा बनाएर पर्यटकलाई आकर्षित गर्न पार्क वरिपरि व्यावसायिक रुपमा चिया बगानसमेत बनाइएको छ । शहीद पार्क निर्माणस्थलको दायाँबायाँ करीब १० रोपनी जग्गामा गत वर्ष गाउँपालिकाको लगानीमा आठ हजार चियाका बिरुवा लगाइएको गाउँपालिकाका कृषि शाखाप्रमुख गणेश राईले बताउनुभयो । तावाभञ्ज्याङ  टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल ९पदमार्ग०को प्रवेशद्वार हो । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङको पर्यटन प्रवद्र्धन गर्न  गाउँपालिकाको ३०, प्रदेश सरकारको ३५ र स्विस सरकारको ३५ प्रतिशत अनुदान सहयोगमा पदमार्ग निर्माण गरिएको थियो ।

त्रिपक्षीय सम्झौताका आधारमा निर्माण गरिएको मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्य स्थलमध्ये पहिलो प्राथमिकतामा पर्छ । गत वर्ष उक्त पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायत पूर्वाधार निर्माण गरिएको छ ।

समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत तयार गरिएको छ ।  प्रदेश नं १ कै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ उक्त गाउँपालिकाले डिपिआर तयार पारेको हो । करिब रु ५६ करोडको लागतमा निर्माण गरिने कृत्रिम तालका लागि १ नं प्रदेश सरकार र  गाउँपालिकाको लगानी हुने गाउँपालिकाका प्रमुख गाउँपालिका प्रमुख खड्काले बताउनुभयो । तावाभञ्ज्याङमा निर्माण गरिने कृत्रिम ताल साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइको हुने डिपिआरमा उल्लेख छ । 

तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आगामी आर्थिक वर्ष लाग्ने बित्तिकै सुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई करिब तीन घण्टासम्म डुङ्गामा सयर, पौडी र दृश्यावलोकन गराउनाका साथै तालभित्र माछा तथा हाँस पालन जस्ता काम पनि अघि बढाइने जनाइएकोे छ । 

तावाभञ्ज्याङ नजिकै पर्ने मखमलेमा रेन्बो ट्राउट माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादन गर्ने स्रोेत केन्द्रसमेत सञ्चालन गरिएको छ । ‘तावाहाङ रेन्बो ट्राउट कृषक समूह’ले सुरु गरेको रेन्बो ट्राउट फर्ममा अहिले बिक्री गर्न लायक करिब आठ क्विन्टल  रेन्बो ट्राउट माछा उत्पादन भएका छन् । तावाभञ्ज्याङको चौतर्फी प्रवद्र्धनको काम सुरु भएपछि स्थानीयवासीसमेत हर्षित छन् । त्यहाँ पछिल्लो समय घर निर्माण गर्ने तथा होटल खोल्ने क्रम सुरु भएको छ । 

माघे सङ्क्रान्ति, नयाँ वर्ष, वैशाखे पूर्णिमालगायतमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने तावाभञ्ज्याङमा होमस्टे ९घरबास०समेत निर्माण गर्ने तयारी गरिएको छ । होमस्टे निर्माण तथा सञ्चालनका लागि यस वर्ष बजेटसमेत विनियोजन गरिएको गाउँपालिका प्रमुख खड्काले जानकारी दिनुभयो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह