2026-10-23 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जनयुद्धमा मारिएका ७३ माओवादी नेताका संझनामा शहीद स्तम्भ पार्क निर्माण

फागुन २४, खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क (उद्यान) निर्माण गरिएको छ । दसवर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको संझनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो । पार्कमा खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा नेपाल प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका शहीद मनोज जोशीको नामसमेत समावेश गरिएको छ । 

नेकपा माओवादीको जिल्ला समिति सदस्य श्रेष्ठलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरी विसं २०५५ पुस २७ गते उदयपुरको तावाश्रीमा लगेर गोली हानी हत्या  गरेको थियो । 

शहीद जोशीलाई विसं २०४८ साउन १५ गते नेपाल प्रहरीले गोली हानेर हत्या गरेको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौता पूरा नभएको विरोधमा कर्मचारीले निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले हानेको गोली लागेर उहाँको मृत्यु भएको थियो ।

देश र जनताका लागि आफ्नो ज्यान आहुति दिने शहीदहरुको सम्मान र पर्यटकीयस्थल तावाभञ्ज्याङको प्रवद्र्धन गर्न पार्क निर्माण गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । “तावाभञ्ज्याङ प्राकृतिकरुपमै पर्यटकीयस्तल हो । यस ठाउँकोे प्रवद्र्धन गर्न विभिन्न संरचना निर्माण भइरहेका छन्,” उहाँले भन्नुभयो, “प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत यस वर्ष रु १५ लाखको लगानीमा शहीद स्तम्भ, पार्क र प्रवेशद्वार निर्माण गरिएको छ ।”दसवर्षे जनयुद्धको समयमा माओवादीको सुरक्षित सेल्टर मानिने तावाभञ्ज्याङ नजिकै पाँचधारेमा विसं २०६२ असार ८ गते माओवादी र नेपाली सेनाबीच दोहोरो भिडन्त हुँदा माओवादीका कम्पनी कमान्डर सर्वधान राई ‘अग्नि’सहित १० जनाले ज्यान गुमाएका थिए । उक्त घटनामा नेपाली सेनाका १३ जवानसमेत मारिएका थिए । 

तावाभञ्ज्याङमा निर्माण गरिएको शहीद पार्कलाई बाह्रै महिना हराभरा बनाएर पर्यटकलाई आकर्षित गर्न पार्क वरिपरि व्यावसायिक रुपमा चिया बगानसमेत बनाइएको छ । शहीद पार्क निर्माणस्थलको दायाँबायाँ करीब १० रोपनी जग्गामा गत वर्ष गाउँपालिकाको लगानीमा आठ हजार चियाका बिरुवा लगाइएको गाउँपालिकाका कृषि शाखाप्रमुख गणेश राईले बताउनुभयो । तावाभञ्ज्याङ  टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल ९पदमार्ग०को प्रवेशद्वार हो । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङको पर्यटन प्रवद्र्धन गर्न  गाउँपालिकाको ३०, प्रदेश सरकारको ३५ र स्विस सरकारको ३५ प्रतिशत अनुदान सहयोगमा पदमार्ग निर्माण गरिएको थियो ।

त्रिपक्षीय सम्झौताका आधारमा निर्माण गरिएको मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्य स्थलमध्ये पहिलो प्राथमिकतामा पर्छ । गत वर्ष उक्त पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायत पूर्वाधार निर्माण गरिएको छ ।

समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत तयार गरिएको छ ।  प्रदेश नं १ कै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ उक्त गाउँपालिकाले डिपिआर तयार पारेको हो । करिब रु ५६ करोडको लागतमा निर्माण गरिने कृत्रिम तालका लागि १ नं प्रदेश सरकार र  गाउँपालिकाको लगानी हुने गाउँपालिकाका प्रमुख गाउँपालिका प्रमुख खड्काले बताउनुभयो । तावाभञ्ज्याङमा निर्माण गरिने कृत्रिम ताल साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइको हुने डिपिआरमा उल्लेख छ । 

तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आगामी आर्थिक वर्ष लाग्ने बित्तिकै सुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई करिब तीन घण्टासम्म डुङ्गामा सयर, पौडी र दृश्यावलोकन गराउनाका साथै तालभित्र माछा तथा हाँस पालन जस्ता काम पनि अघि बढाइने जनाइएकोे छ । 

तावाभञ्ज्याङ नजिकै पर्ने मखमलेमा रेन्बो ट्राउट माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादन गर्ने स्रोेत केन्द्रसमेत सञ्चालन गरिएको छ । ‘तावाहाङ रेन्बो ट्राउट कृषक समूह’ले सुरु गरेको रेन्बो ट्राउट फर्ममा अहिले बिक्री गर्न लायक करिब आठ क्विन्टल  रेन्बो ट्राउट माछा उत्पादन भएका छन् । तावाभञ्ज्याङको चौतर्फी प्रवद्र्धनको काम सुरु भएपछि स्थानीयवासीसमेत हर्षित छन् । त्यहाँ पछिल्लो समय घर निर्माण गर्ने तथा होटल खोल्ने क्रम सुरु भएको छ । 

माघे सङ्क्रान्ति, नयाँ वर्ष, वैशाखे पूर्णिमालगायतमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने तावाभञ्ज्याङमा होमस्टे ९घरबास०समेत निर्माण गर्ने तयारी गरिएको छ । होमस्टे निर्माण तथा सञ्चालनका लागि यस वर्ष बजेटसमेत विनियोजन गरिएको गाउँपालिका प्रमुख खड्काले जानकारी दिनुभयो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ