भदौ १२, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम"/>
२९ पुष २०८२, मंगलवार
कास्की - KSK

हस्पिटलले शुभारम्भको अवसरमा निशुल्क स्वास्थ्य शिविर

१२ भाद्र २०७३, आईतवार १२:५३

भदौ १२, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा यो हप्ता १ सय २८ जनाले सेवा लिएका छन् । शनिवार सञ्चालिन शिविरमा विशेषगरी सर्जिकल र नाक कान घाटी सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरमा नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आकासमणी भण्डारी, जनरल सर्जन डाक्टर सुनिलमान बिजुक्छे र डाक्टर डेबिट श्रेष्ठ, बरिष्ठ रेडियोलोजिष्ट डाक्टर आनन्द बहादुर श्रेष्ठ, रेडियोलोजिष्ट डाक्टर सुमिरन श्रेष्ठ, स्वास्थ्यकर्मीहरु मेट्रोन प्रमिला श्रेष्ठ, शोनी श्रेष्ठ, रविना मानन्धर र मनिसा साई लगायतले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा ३० जना बिरामीको ल्याब परिक्षण, १५ जना बिरामीको भिडियो एक्स रे , १० जना बिरामीको मुटुको इसिजी र १० जना बिरामीको एक्स रे निशुल्क गरीएको अस्पतालका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।

शिविरको समापन समारोहमा वोल्दै रिजनल अस्पतालका अध्यक्ष जगत बहादुर खड्काले आगामी हप्ता पनि निशुल्क स्वास्थ्य शिबिरलाई निरन्तरता दिने बताउदै भदौ १८ गते शनिबार पेट छाती मुटु तथा थाईराईड रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर हुने बताए । अत्याधुनिक सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको छ ।आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा ,अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु सुरु गरेको हस्पिटलका व्यस्थापक अर्जुन शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव