२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्रमन्त्री र युएईका अर्थमन्त्रीबीच भेटवार्ता

२८ फाल्गुन २०७८, शनिबार १७:१३

फागुन २८, काठमाडौँ । अन्तालिया कूटनीति मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको अन्तालियामा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र संयुक्त अरब इमिरेट्स (युएई)का अर्थमन्त्री अब्दुल्ला बिन तक अल मारीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

त्यस अवसरमा दुवै देशका मन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरूको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्नबारे विचारविमर्श गर्नुभएको थियो । मन्त्री खड्काले नेपाली उत्पादनको निर्यात बढाउन सहज बजार पहुँचका निम्ति सहजीकरण गर्न तथा नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गर्न अर्थमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

आर्थिक सहयोग विस्तार, जनता–जनताबीचको सम्पर्क अभिवृद्धि र पर्यटन प्रवद्र्धनलागयत द्विपक्षीय साझेदारीका विभिन्न आयाममा उहाँहरूबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै मन्त्री खड्काले युएईमा रहेका नेपाली आप्रवासी कामदारको रक्षा गरेकामा युएई सरकारको सराहना गर्नुभएको थियो । युएई नेपालको प्रमुख श्रम गन्तव्य मुलुक हो ।


आजै परराष्ट्रमन्त्रीले ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासका लागि नयाँ एशिया’ विषयमा भएका दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्दै समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा केन्द्रित रहेर नेपालका धारणा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै