भदौ १२, डडेल्धुरा | मुक्त हलिया घोषणा भएको ९ बर्ष बित्दा पनि उचित पुनःस्थापनामा सरकारले बेवास्था गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, डडेल्धुरा | मुक्त हलिया घोषणा भएको ९ बर्ष बित्दा पनि उचित पुनःस्थापनामा सरकारले बेवास्था गरेको"/>
२९ पुष २०८२, मंगलवार
डडेलधुरा - DDL

सुदूर र मध्यपश्चिमका मुक्त हलियाद्धारा भुमिसुधार मन्त्री समक्ष ध्यानाकर्षण पत्र पेश

१२ भाद्र २०७३, आईतवार १३:५०

भदौ १२, डडेल्धुरा | मुक्त हलिया घोषणा भएको ९ बर्ष बित्दा पनि उचित पुनःस्थापनामा सरकारले बेवास्था गरेको भन्दै डडेल्धुरा लगायत सुदूर र मध्यपश्चिमका गरी १२ जिल्लाका मुक्त हलिया आन्दोलीत भएका छन । सरकारले गरेका ५ बुँदे सहमति बिपरित पुनःस्थापना प्याकेज ल्याई बजेट बिनियोजन गरेको भन्दै मुक्त हलियाहरु आन्दोलित भएका हुन । 

मुक्त हलिया समाज कार्यालय डडेल्धुरा लगायत सुदूरपश्चिमका ९ जिल्ला र मध्यपश्चिका ३ जिल्ला हुम्ला, जाजरकोट र सुर्खेतले आईतबार जिल्ला प्रशासन कार्यालयमार्फत भूमीसुधार तथा व्यवस्था मन्त्रीलाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पुनःस्थापनामा गरेको ढिलाईले मुक्त हलियाको अवस्था झनै दर्दनाक बन्नुका साथै सरकार संग भएको सम्झौता बिपरित सकारकारले मनोमानी ढंगले पुनःस्थापना प्याकेज सञ्चालन गर्न लागेको उक्त पुनस्थापना प्याकेजमा मुक्त हलियाहरु सहभागि नहुने राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रीय कोषाध्यक्ष दुर्गा टमटाले बताएकि छन । छुट मुक्त हलियाहरुको तथ्याङ्क लिई पूर्नस्थापना प्याकेजमा समाबेश गरिनुपर्ने, मुक्त हलियाको आधारभूत आवश्यकता लगायत शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको पुनःस्थापनाका लागि अधिकार सम्पन्न पुर्नस्थापना आयोग गठन अथवा समिति गठन गरिनुपर्ने, ३ रोपनी जग्गा बराबरको २ लाख रुपैँया दिने व्यवस्थालाई खारेज गरी ३ रोपनी जमिन उपलब्ध गरिनुपर्ने लगायतका बिभिन्न १४ बुँदे माग सहित ध्यानाकर्षण पत्र पेश गरेको हो । 

साथै आफ्ना माग तथा अडानहरु सम्बोधन नगरिए आफुहरु चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन गर्ने चेतावनी समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ । डडेल्धुराको असिग्रामका सम्र्पुण हलियाहरुको केन्दमा नाम नै समाबेश  गरीएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव