ध्रुब बिष्ट | भदौ १२, डडेल्धुरा | डडेल्धुरा लगायत सुदूरपश्चिमभर सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको रौनकता झन–झन बढ्दै गएको छ । म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ध्रुब बिष्ट | भदौ १२, डडेल्धुरा | डडेल्धुरा लगायत सुदूरपश्चिमभर सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको रौनकता झन–झन बढ्दै गएको छ । म"/>
२९ पुष २०८२, मंगलवार
डडेलधुरा - DDL

डडेल्धुरा लगायत सुदूरपश्चिमभर गौरा पर्वको रौनकता झन–झन बढ्दै

१२ भाद्र २०७३, आईतवार १४:१२

ध्रुब बिष्ट | भदौ १२, डडेल्धुरा | डडेल्धुरा लगायत सुदूरपश्चिमभर सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको रौनकता झन–झन बढ्दै गएको छ । मौलिक पर्व गौराको अबसरमा ग्रामिण क्षेत्रमा रमाइलो तथा जनचेतनात्मक कार्यक्रम गरी बिभिन्न प्रतियोगिताको आयोजना गरिएको छ । 

डडेल्धुराको गाङ्खेत गाबिसमा २ दिने देउडा प्रतियोगिताको आयोजना गरिएको छ । महिला सञ्जाल गाङ्खेतको आर्थिक सहयोग तथा परिवर्तन युवा क्लबको आयोजनामा गरिएको देउडा प्रतियोगितामा उत्कृष्ट एक जना देउडियालाई सम्मान गरिने सहकर्मी राम खड्काले साझा सवाललाई जानकारी दिएका छन । यस्तै उता बझाङको दहबगर गाबिस–१ मा सेलाधारा गाडामा सोमबार गाबिस स्तरिय खुल्ला देउडा प्रतियोगिता हुने भएको छ । गौरा पर्व व्यवस्थापन समितिका अध्यक्ष टङ्क प्रसाद जोशीको अध्यक्षतामा प्रतियोगिताको आयोजना गरिएको समिति सदस्य शंकर बहादुर बोहराले रेडियो अमरगढीलाई बताएका छन । 

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना गरी क्रमश १५ सय, १ हजार, ७ सय र ३ सय नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

यसैबीच बैतडीको शंकरपुर गाबिसमा सुदुरपश्चिमको देउडा संस्कृतीलाई जोगाउन सञ्चालन गरीएको देउडा प्रतियोगीता आज पनि जारी छ । आसपासका रौलेश्वर, संकरपुर, सिखरपुर, बिजयपुर लगायतका गाबिसबाट १३ जना पुरुष र २ जना महिला देउडीयाहरुको सहभागीता रहेको सहकर्मी रेबिका कुँवरले साझा सबाललाई बताएकी छन । उदयदेव अटकोष समीतीको आयोजनामा सञ्चालन भएको प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्तवना गरी क्रमश २५ सय, २ हजार, १५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । शुक्रबारबाट सञ्चालन भएको प्रतियोगीता सोमबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव