ध्रुब बिष्ट | भदौ १२, डडेल्धुरा | डडेल्धुरा लगायत सुदूरपश्चिमभर सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको रौनकता झन–झन बढ्दै गएको छ । म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ध्रुब बिष्ट | भदौ १२, डडेल्धुरा | डडेल्धुरा लगायत सुदूरपश्चिमभर सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको रौनकता झन–झन बढ्दै गएको छ । म"/>
२०८२, २६ चैत्र बिहीबार
डडेलधुरा - DDL

डडेल्धुरा लगायत सुदूरपश्चिमभर गौरा पर्वको रौनकता झन–झन बढ्दै

२०७३, १२ भाद्र आईतवार १४:१२

ध्रुब बिष्ट | भदौ १२, डडेल्धुरा | डडेल्धुरा लगायत सुदूरपश्चिमभर सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको रौनकता झन–झन बढ्दै गएको छ । मौलिक पर्व गौराको अबसरमा ग्रामिण क्षेत्रमा रमाइलो तथा जनचेतनात्मक कार्यक्रम गरी बिभिन्न प्रतियोगिताको आयोजना गरिएको छ । 

डडेल्धुराको गाङ्खेत गाबिसमा २ दिने देउडा प्रतियोगिताको आयोजना गरिएको छ । महिला सञ्जाल गाङ्खेतको आर्थिक सहयोग तथा परिवर्तन युवा क्लबको आयोजनामा गरिएको देउडा प्रतियोगितामा उत्कृष्ट एक जना देउडियालाई सम्मान गरिने सहकर्मी राम खड्काले साझा सवाललाई जानकारी दिएका छन । यस्तै उता बझाङको दहबगर गाबिस–१ मा सेलाधारा गाडामा सोमबार गाबिस स्तरिय खुल्ला देउडा प्रतियोगिता हुने भएको छ । गौरा पर्व व्यवस्थापन समितिका अध्यक्ष टङ्क प्रसाद जोशीको अध्यक्षतामा प्रतियोगिताको आयोजना गरिएको समिति सदस्य शंकर बहादुर बोहराले रेडियो अमरगढीलाई बताएका छन । 

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना गरी क्रमश १५ सय, १ हजार, ७ सय र ३ सय नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

यसैबीच बैतडीको शंकरपुर गाबिसमा सुदुरपश्चिमको देउडा संस्कृतीलाई जोगाउन सञ्चालन गरीएको देउडा प्रतियोगीता आज पनि जारी छ । आसपासका रौलेश्वर, संकरपुर, सिखरपुर, बिजयपुर लगायतका गाबिसबाट १३ जना पुरुष र २ जना महिला देउडीयाहरुको सहभागीता रहेको सहकर्मी रेबिका कुँवरले साझा सबाललाई बताएकी छन । उदयदेव अटकोष समीतीको आयोजनामा सञ्चालन भएको प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्तवना गरी क्रमश २५ सय, २ हजार, १५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । शुक्रबारबाट सञ्चालन भएको प्रतियोगीता सोमबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण