सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटनामा दुई जनाको मृत्यु

साझासवाल

फागुन ३०, काठमाडौँ । सिन्धुलीमा हिजो राति जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा उदयपुर कटारी नगरपालिकाका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवर रहेका छन् ।

दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा बाडेगाउँबाट बेहुली लिई उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना भएको थियो ।टिपरमा चालकसहित २८ जना सवार थिए । बेहुला-बेहुली भने अर्कै गाडीमा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर भएका ६ जनामध्ये दुईको उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार बाँकी चार जनाको अवस्था अझै गम्भीर रहेको छ। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Comment

Leave a Reply