2026-10-21 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा जिल्लाकै ठूलो शीत भण्डार सञ्चालनमा

फागुन ३०, रत्ननगर । चितवनमा जिल्लाकै सबैभन्दा बढी क्षमताको शीत भण्डार सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१८ चनौलीमा आइतबारदेखि शीत भण्डार सञ्चालनमा ल्याइएको हो । चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको उक्त शीत भण्डारमा  दुई हजार ५०० मेट्रिक टन सामान अटने क्षमताको रहेको  संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले बताउनुभयो । सरकार, सहकारी र व्यक्तिको लगानीमा सञ्चालनमा ल्याइएकोे शीत भण्डारको लागत करिब रु १७ करोड पुगेको उहाँले जानकारी दिनुभयो । शीत भण्डारमा जिल्लाका ५४ सहकारी संस्था र ९४९ जनाको शेयर लगानी रहेको छ । 

शीत भण्डार सञ्चालनका लागि सहकारी विभागले   रु पाँच करोड ८१ लाख ४८ हजार, बागमती प्रदेश सरकारले रु ५७ लाख ९१ हजार, भरतपुर महानगरपालिकाले   रु चार लाख ८२ हजार उपलब्ध गराउनाका साथै संस्थाको शेयर पूँजी रु आठ करोड ६१ लाख ४२ हजार तथा नेपाल बङ्गलादेश बैंकको कर्जा रु दुई करोड ९५ लाख व्यहोरिएको थियो । परियोजनाको सम्पूर्ण काम सक्न थप रु दुई करोड लाग्ने भएकाले सहकारी विभागसँग सम्झौता गरेर काम अगाडि बढाइने भएको छ  । 

उक्त शीत भण्डारले किसानका सामान न्यून मूल्यमा भण्डार गरेर राख्ने जनाइएको छ । चितवनको नारायणगढ बजारमा निजी स्तरबाट सञ्चालित शीत भण्डारमा त्यहाँ उत्पादित सामग्री राख्न ठाउँ अभाव भएपछि किसानले आफ्ना सामग्री भण्डारणका लागि  अन्य जिल्लामा लैजानुपर्ने बाध्यता थियो । चनौलीका किसान विश्वनाथ न्यौपानेले अब आफूहरुले उत्पादन गरेको खाद्यान्नलगायत बालीहरु नजिकै भण्डारण गर्न पाइने भएकामा खुसी व्यक्त गर्नुभयो । 

“हामीले उत्पादन गरेको सामग्रीहरु जिल्लाबाहिर लगेर भण्डारण गर्नुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो, “अब गाउँमै ठूलो कोल्ड स्टोर सञ्चालनमा आएपछि तरकारी खेतीतर्फ लाग्न अझै प्रेरित गरेको छ ।” आलु खेती गर्दै आउनुभएका न्यौपानेले आगामी दिनमा अन्य तरकारी बालीसमेत उत्पादन गर्न र बजार मूल्य नआएका बखत भण्डारण गरेर राख्न सहज हुने बताउनुभयो । उक्त  शीत भण्डार पाँच तलाको छ । शीत भण्डारमा स्थानीय किसानले उत्पादन गरेका आलु, प्याज, लसुनसहित अन्यत्रबाट ल्याइएका फलफूल तथा तरकारी राखिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ