कमल रावल/भदौ १३, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका अभिशासन तथा साझेदारि विभागका प्रमुख डा. बिशाल बेलबाशेको आज आईतबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/भदौ १३, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका अभिशासन तथा साझेदारि विभागका प्रमुख डा. बिशाल बेलबाशेको आज आईतबा"/>
२०८२, १९ चैत्र बिहीबार
अछाम - ACM

बयालपाटा अस्पतालका डा. बिशाल बेलबासेको बिदाई

२०७३, १३ भाद्र सोमबार ०४:५२

कमल रावल/भदौ १३, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका अभिशासन तथा साझेदारि विभागका प्रमुख डा. बिशाल बेलबाशेको आज आईतबार एक कार्यक्रमका बिच बिदाई गरिएको छ । 

बिगत २ बर्ष देखी न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा कार्यरत डा. बेलबाशेको अस्पतालतका सम्पूर्ण कर्मचारीले एकसाथ बिदाई गरेका हुन । अस्पतालका मेडिकल निर्देशक डा. बिकाश गौचनले अविरसंगै खाँदा लगाएर उहाँको बिदाई गर्नुभएको थियो । यस्तै अन्य कर्मचारीले पनि अविर लगाई बिदाई गरेका थिए । 

बिदाई कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल निर्देशक डा. बिकाश गौचनले डा. बेलबाशेले अस्पतालका लागी एकदमै राम्रो काम गरेर जानु भएको र उहाँलाई संस्थाले संधैँ सम्झिरहने धारणा व्यक्त गर्नुभयो । 

साथै उहाँले प्रत्यक्ष बिरामीको उपचारमा संलग्न नभएर पनि बिरामीको लागी सहयोग पुग्ने महत्वपूर्ण काम गर्नुभएको बताउनु भयो । यस्तै बिदाई कार्यक्रममा सामुदायिक स्वास्थ्य कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँरले डा. बेलबाशेको बिदाई गर्दै सामुदायिक स्वास्थ्य कार्यक्रमलाई व्यवस्थित गर्दै अगाडी बढाउन महत्वपूर्ण भुमिका खेलेको र आफुले पनि डा. बिशाल बेलबाशेबाट थुप्रै कुरा सिकेको समेत बताउनु भयो । 

बिदाई कार्यक्रममा बोल्ने सबै व्क्ताहरुले डा. बिशाल बेलबाशेको कामको प्रशंसा गरेका थिए । डा. बिशाल बेलबाशेले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा सामुदायिक स्वास्थ्य कार्यक्रमबाट अस्पतालमा प्रबेश गर्नुभएको थियो । सुरुमा एक बर्ष सामुदायिक स्वास्थ्य कार्यक्रममा काम गर्नुभएको डा. बेलबाशेले सामुदायिक स्वास्थ्य कार्यक्रमलाई व्यवस्थित बनाउदै कार्यक्रमलाई प्रभावकारी बनाउन उहाँले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । 

पछिल्लो एक बर्ष उहाँले अभिशासन तथा साझेदारि विभागको प्रमुख भएर काम गर्दै आईरहनु भएको थियो । जिल्लाका विभिन्न निकाय जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, जिल्ला विकास समिती लगायतका सरकारी तथा गैरसरकारी संघ सस्थासंग समन्वय गरेर अस्पतालको कामलाई प्रभावकारी बनाउन समेत उहाँले महत्वपूर्ण योगदान गर्नुभएको छ । 

साथै उहाँले जिल्लाका विभिन्न राजनितिक दल तथा अन्य निकायसंग समेत उहाँले समन्वय सहकार्य गरेर अस्पतालका लागी आवश्यक निर्णय समेत गराउन सफल हुनुभएको छ । 

बयालपाटा अस्पतालको सामाजिक लेखा परिक्षण सम्पन्न गराउनुका साथै खानेपानी र अस्पतालको घेरापर्खालमा निर्माणका लागी स्थानियबासी संग समन्वय सहकार्य गर्ने काम समेत उहाँकै नेतृत्वमा सम्पन्न भएको छ । 

बयालपाटा अस्पतालबाट प्रेरित भएर डा. बेलबाशेले अब आफ्नै गृह जिल्ला दाङमा गएर स्वास्थ्यमै काम गर्ने बताउनु भएको छ । समग्र देशकै स्वास्थ्य प्रणालीमा सुधारको आवश्यक रहेका बेला उहाँले आफ्नै नेतृत्वमा दाङ जिल्लामा पनि बयालपाटा अस्पतालकै मोडेलमा स्वास्थ्य सेवा संचालन गर्ने योजना रहेको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी