Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भिर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ४, मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालिखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालक सहित १५ जना घाइते भएका छन् ।

घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र शुसिल उप्रेती सहित १३ जनालाई उपचारको लागी काठमाडौंको स्वयम्भु स्थित मनमोहन अस्पताल पठाइएको छ ।

अन्य २ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ ।

डाँडाबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ३३५३ नम्बरको भ्यान बिहीबार राति सवा ९ बजे सडकको भित्तामा ठोकिएको थियो ।