भदौ १३, डोटी । डोटी बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनार्थ धार्मिक महोत्सब गरिने भएको छ । अन्तराष्ट्रिय भक्तियोेग फाउण्डेसन नेपालको सहयोगमा डोटी बहुमुखी क्याम्पसले महोत्सबको आयोजनाको तयारी गरेको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, डोटी । डोटी बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनार्थ धार्मिक महोत्सब गरिने भएको छ । अन्तराष्ट्रिय भक्तियोेग फाउण्डेसन नेपालको सहयोगमा डोटी बहुमुखी क्याम्पसले महोत्सबको आयोजनाको तयारी गरेको हो"/>
२७ पुष २०८२, आईतवार
डोटी - DT

डोटीमा धार्मिक महोत्सब गरिने

१३ भाद्र २०७३, सोमबार ११:१३

भदौ १३, डोटी । डोटी बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनार्थ धार्मिक महोत्सब गरिने भएको छ । अन्तराष्ट्रिय भक्तियोेग फाउण्डेसन नेपालको सहयोगमा डोटी बहुमुखी क्याम्पसले महोत्सबको आयोजनाको तयारी गरेको हो ।

महोत्सबको तयारी स्वरुप आईतबार क्याम्पसमा छलफलको आयोजना गरिएको छ । छलफलका क्रममा सहभागि सरोकारवालाहरुले डोटी बहुमुखी क्याम्पस सुदूर तथा मध्यपश्चिमकै पुरानो क्याम्पस भएपनि अपेक्षाकृत रुपमा सफलता प्राप्त गर्न नसकेको बताएका थिए । त्यसका लागि क्याम्पसको स्तरोन्नती र अवस्था सुधारमा सबैले हातेमालो गर्नुपर्नेमा जोड  दिए । यसैका लागि आयोजना हुन लागेको महोत्सवको स्वागत गर्दै यसलाई महत्वपूर्ण अबसरका रुपमा  लिनुपर्ने सबैको तर्क थियो ।

‘२०१६ सालमा त्रिभुबन बिश्व बिद्यालयको स्थापना भएको हो । त्योसंगै २०१७ सालमा डोटी क्याम्पस स्थापना भैसकेको थियो,’ क्याम्पसका प्राध्यापक डण्डिराज ओझाले भने,‘तर, यति पुरानो ईतिहास बोकेको कलेज हुँदाहुदै पनि हामी ओझेलमा परेका छौ । अब सबै मिलेर यसको उत्थानमा लाग्नुपर्छ ।’ यसै उद्देश्यले महोत्सबको आयोजना गर्न लागिएको उनले बताए ।

छलफलका क्रममा नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मिन बमले सरोकारवालाहरुकै बेवास्ताको सिकार क्याम्पस भएको बताए । यसका लागि सबै जागरुक भएर लाग्नुपर्ने बताए ।  क्याम्पस प्रमूख कृष्णबहादुर कठायतले समयानुकुल रुपमा क्याम्पसको चौतर्फी बिकास हुन नसक्दा ओझेलमा परिरहेको बताए । यसका लागि बिद्यार्थीलाई आकर्षित गर्ने किसिमका बिषय, भोतिक संरचना, पूर्बाधारहरु आवश्यक रहेको बताए । उनले भने,‘यसका लागि क्याम्पस प्रशासनले मात्रै चाहेर केही हुन सक्दैन् । सबै पक्षले मिलेर मात्रै यो सम्भव हुन्छ ।’ यसका लागि क्याम्पस परिवार समन्वय गर्न तयार रहेको उनले बताए ।

दिपायल सिलगढी नगरपालिकाका पूर्ब मेयर पूर्णराज जोशीले क्याम्पसले समयानुकुल रुपमा आफ्नो शिक्षाको दयरा फराकिलो पार्दे लैजानुपर्नेमा जोड दिए । ‘अहिलेसम्म यत्रो पुरानो क्याम्पसले प्राबिधिक शिक्षा, स्नातकोत्तरका बिषयहरु, स्नातकमा सबैजसो बिषयहरु शुरु गरिसक्नुपथ्र्यो,’ उनले भने,‘तर, त्यो हुन नसक्दा बिद्यार्थीको रोजाईमा पर्न सकेन् । अब त्यसबारे सोचेर अघि बढ्नुपर्छ ।’ आधिकारीक ट्रेड यूनियन डोटीका अध्यक्ष गणेश धामीले धार्मिक महोत्सबको कार्यलाई स्वागत गर्दै यहाँको शिक्षा क्षेत्रको उत्थानका लागि गरिने कार्यमा कर्मचारीहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले डोटी उद्योग बाणिज्य संघ जिल्लाको बिकासमा हातेमालो गर्न सदैब तत्पर रहेको बताए । शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष पे्रमशंकर भट्टले क्याम्पसको बिकासका लागि थालिएको नयाँ अभियानमा आफ्नो र संस्थाको पूर्ण समर्थन रहने प्रतिबद्धता राखे ।

२०१७ सालमा स्थापना भएको क्याम्पसमा पहिले आईएका कक्षाहरु संचालित थिए । २०३० सालबाट क्याम्पसले स्नातकका कक्षाहरु पनि संचालित गरेको थियो । ती सबै मानविकि संकाय अन्तर्गतका कक्षाहरु थिए । बिचमा एक पटक न्याय संकायमा प्रबिणता प्रमाणपत्र तह पनि संचालित थियो । २०५७ सालबाट क्याम्पसले आफ्नै स्रोतबाट शिक्षा शास्त्र संकाय पनि चलाईरहेको छ । हाल क्याम्पसमा मानविकि तर्फ नेपाली र समाजशास्त्र बिषयमा स्नातकोत्तर तहको पठन– पाठन भैरहेकोे छ ।

स्नातकोत्तरमा थप बिषय र संकाय संचालन तथा क्याम्पसको भौतिक सुधार र स्तरोन्नतीका लागि महोत्सब संचालन गर्न लागेको क्याम्पसले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला