२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा चालककाे ज्यान गयाे, एकजना घाइते

२०७८, १४ चैत्र सोमबार १०:२८

चैत १४, सर्लाही । सर्लाहीकाे कविलासीमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ । अर्का एकजना घाइते भएका छन् ।

साेमवार मलंगवा-नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका-१०, सलेमपुरमा प्रदेश २-०३-०१८ प ९६८३ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा माेटरसाइकल चालक मलंगवा नगरपालिका-३, निवासी २७ वर्षीय ताैखिन मिकरानीकाे मृत्यु भएकाे हाे । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेकाे माेटरसाइकल सडक छेउमा रहेकाे बिजुलीकाे पाेलमा ठाेकिएकाे थियाे ।

दुर्घटनालगत्तै मिकरानीलाई उद्धार गरी प्रादेशिक अस्पताल  मलंगवा पुर्‍याइए पनि चिकित्सकले मृत घाेषणा गरेका थिए । माेटरसाइकलमा सवार साेही स्थानका २६ वर्षका मकबुल लहरी सफी गम्भीर घाइते भएका छन् । प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्ज रेफर गरिएकाे अस्पताल स्राेतले जनाएकाे छ ।

मिकरानीकाे शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएकाे र घटनाकाे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथाेकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी