भदौ १३, पर्वत । गत बैशाख १२ गते गएको भुकम्पका कारण प्रभावित बनेका कुस्मा नगरपालिका भित्रका पीडितलाई दिने त्रिपालमा घोटाला भएको खुलासा भएको छ । कुस्मा नगरपालिकाका कार्यकारी अधिकृतले पाल खरिद गर्दा ५ रुपीयाँ वर्ग फिटमा पाईने प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, पर्वत । गत बैशाख १२ गते गएको भुकम्पका कारण प्रभावित बनेका कुस्मा नगरपालिका भित्रका पीडितलाई दिने त्रिपालमा घोटाला भएको खुलासा भएको छ । कुस्मा नगरपालिकाका कार्यकारी अधिकृतले पाल खरिद गर्दा ५ रुपीयाँ वर्ग फिटमा पाईने प"/>
२ माघ २०८२, बिहीबार
पर्बत - PBT

खुल्दै कार्यकारी पौडेलको राज, त्रिपाल काण्डमा नक्कली विल पेश गरेको खुलाशा

१३ भाद्र २०७३, सोमबार १५:२३

भदौ १३, पर्वत । गत बैशाख १२ गते गएको भुकम्पका कारण प्रभावित बनेका कुस्मा नगरपालिका भित्रका पीडितलाई दिने त्रिपालमा घोटाला भएको खुलासा भएको छ । कुस्मा नगरपालिकाका कार्यकारी अधिकृतले पाल खरिद गर्दा ५ रुपीयाँ वर्ग फिटमा पाईने पाललाई ९ देखि १५ रुपीयाँसम्म वर्ग फिटमा खरिद गरेर अनियमितता गरेको पाईएको हो । पाल खरिद गर्दा कम मूल्यमा खरिद गरेको भएपनि पौडेलले कार्यालयमा पेश गर्दा बढि रकम लिएर दिएको पाईएको छ ।

सदरमुकाम कुस्मा बजारका विभिन्न पसलबाट खरिद गर्दा पौडेलले मिलेमतोमा खरिद गरि भुकम्प पीडितलाई बाँडेका थिए । उनले खरिद प्रक्रिया नअपनाई मनोमानी ढंगले खरिद गरेको खुल्न आएको हो । पसलमा बिना प्रतिस्पर्धा खरिद गरेको भन्दै केही व्यापारिले बिरोध गर्दा दोस्रो चरणमा खरिद गर्ने बताएर पछि खरिद नगरेको व्यापरिको भनाई छ ।

कार्यकारी अधिकृत पौडेलले खरिद गरेको पाल पातलो, कम गुणस्तरको भएपनि त्यसको मूल्य भने बढि तिरको पार्ईएको व्यापारिहरुको आरोप छ । उनीहरुले कम मूल्यमा बजारमा किनेर लैजाने तर बढि मूल्यको विल पेश गरिएको भन्दै ध्यानाकर्षण गराएको भएपनि अर्को लटमा मिलाउने भन्दै पूनः ति पसलबाट पाल खरिद नगरेको उनीहरुको गुनासो छ ।

नगरपालिकाले खरिद गरेको पाल नगरपालिका भित्र समेत नबाँडेर नेपाली काँग्रसका नेताहरुलाई दिएर नगरपालिका बाहिर बाँड्न पठाएको समेत पाएपछि नगरपालिकाको संयन्त्रमा रहेका दलहरुले समेत बिरोध जनाएका थिए । हामीले बिरोध गरेपनि प्रमुखले कुनै वास्ता गरेनन् एक संयन्त्र प्रतिनिधीले भने । त्यसैगरि घर बीहिन बनेका पीडितलाई दिने चामल दाल, लत्ता कपडा लगायमा समेत फर्जी बिल पेश गरेको पाईएको छ । कार्यकारी अधिकृत पौडेलले नगरपालिकामा आएदेखि नै विभिन्न अनियमितता गर्दै आएपछि विवादमा पर्दै आएकाछन् । उनले कर्मचारी नियुक्तिमा समेत आफन्तलाई नियुक्ति गरसमय समयमा यस्तो क्रियाकलाप गर्ने गर यसबारेमा जानकारीका लागि नगरपालिकाका कार्यकारी अधिकृत चण्डीका पौडेलले खरिदमा कुनै अनियमितता नभएको र सोको बारेमा सबै अध्यायन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ