नन्दराम जैशी | भदौ १४, जुम्ला | जुम्लामा हरेक बर्ष कुल गर्भवती महिलामध्य एक चौथाइ गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ १४, जुम्ला | जुम्लामा हरेक बर्ष कुल गर्भवती महिलामध्य एक चौथाइ गर"/>
२०८२, १ चैत्र आईतवार
जुम्ला - JML

२० वर्ष नपुग्दै आमा बन्ने युवतिको संख्या बढ्दै

२०७३, १४ भाद्र मंगलवार ०३:३६

नन्दराम जैशी | भदौ १४, जुम्ला | जुम्लामा हरेक बर्ष कुल गर्भवती महिलामध्य एक चौथाइ गर्भवति महिला २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७० देखि ०७३ सम्म जुम्लामा हरेक बर्ष एक चौथाइ गर्भवती महिला २० वर्ष नपुग्दै आमा बन्ने गरेका हुन् । कार्यालयका तथ्याङ्क सहायक यूवराज अधिकारीका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा जुम्लाका २ हजार ६ सय ५२ जना गर्भवति महिलामध्य गर्भजाँच गराएका ८ सय ४७ जना गर्भवति युवति २० वर्ष नपुग्दै आमा बनेका छन् ।

यस्तै आर्थिक बर्ष ०७१/७२ मा गर्भवती महिलाको जम्मा संख्या २ हजार ९ सय ६० जनामध्ये १ हजार ९ सय जना गर्भवति युवति २० वर्षभन्दा कम उमेरका रहेको तथ्याङ्क सहायक यूवराज अधिकारीले बताए । आर्थिक वर्ष ०७०÷०७१ मा ३ हजार १ सय ३४ जना महिलाले गर्भजाँच गराएकोमा १ हजार ८६ जना २० वर्षभन्दा कम उमेरका युवति रहेको उनले जानकारी दिए ।

जनचेतनाको कमि तथा रुढिबादि सामाजिक संस्कारका कारण जुम्लाका किशोरी तथा युवती शारीरिक र मानसिक रुपमा परिपक्क नभई आमा बन्न बाध्य भएका हुन् । २० वर्षअघि बच्चा जन्माउनुलाई आमा र बच्चा दुवैको स्वास्थ्यका हिसाबले जोखिमयुक्त मानिन्छ । जुम्लामा बीस वर्षअघि नै बच्चा जन्माउँदा महिलाहरुको पाठेघर खस्ने, शारीरिक कमजोरी, औसत आयुमा असर, बच्चामा कुपोषण र अपाङ्गता जस्ता समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका तथ्याङ्क सहायक अधिकारीका अनुसार केही वर्षयता २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको संख्या घटे पनि मातृ, शिशु स्वास्थ्यका हिसाबले अझै चुनौती रहेको छ ।

यस्तै बर्षेनि हजारौ महिलाहरु गर्भवति भएपनि जुम्लाका कमै गर्भवती महिलाले मात्र सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । भौगोलिक विकटता, चेतनाको कमी, यातायातका साधनको भरपर्दो व्यवस्था नहुने एवम् आर्थिक अभावले गर्दा गर्भवती महिलाले सुरक्षित प्रसूति सेवा कमै लिने गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार