१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

चंखेलीदेखि देउलीसम्मको तीस किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

२० चैत्र २०७८, आईतवार १३:५७

चैत्र २०, सिमकोट,  मुगु | हुम्ला लिंकरोडअन्तर्गत चंखेलीदेखि देउलीसम्मको ३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यहाँको सडक प्रदेश सरकारलाई हस्तारन्तरण गरिएको हो ।

ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थ्री)ले बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न गरेको ३० किलो मिटर सडक हस्तारन्तरण गरिएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले जानकारी दिए । ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको मध्ये ३० किलोमिटर सडक आइतबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

हुम्लाको चंखेली गाउँपालिकादेखि मुगु सिमानाको देउली हुम्ला सडक खण्ड हस्तान्तरण गरिएको हो । मुगु सदरमुकामको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका हुँदै देउली दार्मासम्म उत्कृष्ट तवरले सडक निर्माण गरी आइतबार हस्तारन्तरण गरिएको हो ।

चंखेली गाउँपालिका वडा १, २, र ३ का नागरिकका साथै अन्य हुम्लीबासीले अबका दिनमा सहजैरुपमा गाडीमार्फत जिल्ला बाहिर आवतजावत गर्न पाउने भएका छन् । हुम्लाको दक्षिण भेगका नागरिकलाई आवतजावतमा सहजका साथै बिरामीलाई समेत उपचारका लागि जिल्ला बाहिर लिन सहज हुनेभएको छ ।

कार्यक्रमले यसअघि निर्माण गरेको २६ किलोमिटर सडक सन् २०२० मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । सडकको नियमित मर्मतसम्भार गर्ने गरी प्रदेश सरकारलाई बुझाइएको कार्यक्रमका परियोजना व्यवस्थापक विष्णुराम विष्टले बताए । उनका अनुसार चंखेलीदेखि हुम्लाको दार्मा देउलीसम्मको ३० किमी सडक पूरा गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । सन् २०१८ देखि निर्माण सुरु गरिएको सडक निर्माणको काम सम्पन्न भएको छ | 

सडक निर्माणको काम भएपछि हुम्ला र मुगुका झण्डै दुई दर्जन बस्तीहरू सडक सञ्जालमा जोडिएको चंखेली गाउँपालिका उपाध्यक्ष चौलागाईंले बताए । स्थानीयलाई रोजगारी दिएर सडक निर्माण गर्दा विपन्न नागरिकले रोजगारीको अवसरसमेत पाएको ग्रामीण पहुँच कार्यक्रमले जानकारी दिएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ