१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिमकोटमा दैनिक उपभोग्य बस्तुको अभाव

२० चैत्र २०७८, आईतवार १४:४२


  चैत्र २०, सिमकोट | हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । करिब एक महिनादेखि हुम्लाको सदरमुकाम सिमकोटमा नियमित रूपमा हवाई उडान नभएपछि दैनिक दिन प्रयोग गरिने सामग्रीको अभाव भएको हो ।

जिल्ला बाहिरबाट नियमित रूपमा हवाई जहाज उडान नहुँदा यो वर्ष हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारका व्यवसायी र उपभोक्ताले विभिन्न उपभोग्य बस्तुको संकट खेप्नु परेको छ ।

दैनिक जसो उपभोग गर्ने उपभाग्य बस्तुमा तेल, चिनी, चिउरालगायतका सामग्रीको अभाव हुँदै गएको छ । गाउँबाट समान किन्न आएका उपभोक्ता बजारमा तेल, चिनीलगायतका खाद्य बस्तु नपाउँदा रित्तो हातमा घर फर्कन बाध्य भएका छन् ।

दैनिक दिन उपभोग गर्ने उपभोग्य बस्तुको हाहाकार भएपछि बजार व्यवसायी र सेवाग्राही दैनिक दिन उपभोग्य बस्तुबाट वञ्चित हुनु परेको छ ।

बजारमा फाट्टफुट्ट पाइने तेलको पनि बहुमूल्यमा बिक्री हुने गरेको छ ।

एक पोका धारा तेलको २ सय ५० र स्वस्तिक तेलको १ सय ९० रुपैयाँ लिने गरेपछि उपभोक्ताहरू समेत मर्कामा पर्दै आएका छन् ।  त्यस्तै जिल्ला बाहिरबाट आउने प्याज, टमाटर, धनियाँ, साग लगायतका तरकारीको पनि अभाव भएको छ ।

एक महिना अगावैदेखि जिल्ला सदरमुकाम सिमकोटमा नियमित रूपमा हवाई उडान नभएपछि विभिन्न सामग्रीको अभाव हुँदै आएको हो । यहाँका नागरिकले चाहेको समयमा नत कुनै पनि सामग्री उपभोग गर्न पाएका छन् नत भनेको बेला जिल्ला बाहिर आवतजावत गर्न पाएका छन् ।  

शनिबार मात्रै नेपालगन्जबाट दुई तीन फ्लाइट जहाजले उडान भर्दा टमाटर, प्याज र कुखुराको मासु आयत भएको थियो । तर, पनि यहाँका व्यवसायीले नेपालगन्जको भन्दा दोब्बर मूल्यमा बिक्री गरेका छन् ।

नेपालगन्जमा मासुको ४ सय पर्ने गरेको भए पनि चैत १९ गतेदेखि सिमकोट माथिल्लो बजारमा रहेका कुखुराको मासु पसलेले एक किलोको ८ सय रुपैयाँ लिएर मनोमानित ढंगले मूल्य असुल्ने र बिक्री गरेको पाइएको छ । त्यस्तै खसिको मासुको पनि बजारमा १ हजार १ सय रुपैयाँ लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति