२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

निस्सा पाएर पनि बेखुसी भूमिहीन भन्छन्- भोटलाई गर्‍या हो, पुर्जा पाउनेमा विश्वास छैन

२०७८, २१ चैत्र सोमबार ०६:२३

चैत्र २१, तनहुँ | शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका टिकाराम शर्माले आइतबार जग्गाधनी लालपुर्जा प्राप्तिका लागि निस्सा प्राप्त गरे । राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिकाले उनको हातमा निस्सा थमाइदिँदा पनि उनको मुहारमा खुसी छाएन । निस्सा पाएकाको जग्गा नाप जाँच हुने र लाालपुर्जा दिइने भन्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी र शुक्लागण्डकीका मेयर किसान गुरुङले निस्सा बाँडेका थिए । 

२०३२ सालदेखि भानुमतीको थात्थलो छाडेर स्यालीबजार बसाइ झरेका उनको एउटै सपना छ- सिरानीमा लालपुर्जा च्यापेर निदाउने । नगरपालिकाले बाँडेको निस्सा हातमा हुँदा पनि लालपुर्जा पाइन्छ भन्ने झिनो आश नभएको उनले बताए । उनी भन्छन्,"सबैले लिँदा किन नलिम भनेर मात्र निस्सा लिएको हो ।लालपुर्जा हातमा नपरुन्जेलसम्म भरोसा कत्ति पनि छैन |"जब हातमा लालपुर्जा पर्छ तब मात्र खुसी हुने उनले बताए । "यो औपचारिक मात्रै हो । निर्वाचनको भोटलाई गर्‍या हो । पाँच प्रतिशत पनि विश्वास छैन," उनले भने । 

निस्सा पाएका सबैसँग यस्तै यस्तै आशंका थिए । ३० वैशाखमा हुन लागेको निर्वाचनको संघारमा निस्सा बाँडिएकाले भोट तान्ने उपाय हुन सक्ने आशंका गर्छन् बाबुराम सिग्देल । निस्सा थमाउँदैमा खुसी हुने अवस्था नरहेको उनले सुनाए ।  पटक पटक लालपुर्जा दिन्छौँ भनेर ढाटिएकाले निस्सा बाँँड्दा पनि आश नपलाएको उनले बताए ।  उनका अनुसार धेरै पटक बस्तीमा मन्त्री नै आएर लालपुर्जाको आश्वासन बाँडे, पूरा कहिल्यै गरेनन् । "निस्सा लिएर लालपुर्जा पाउने झिनो आश पनि छैन । एक फेर हो र ? पटक पटक भएपछि कसरी आश गर्ने," उनले भने । लालपुर्जा नभएकाहरुले सरकार भएको महसुस गर्नै नपाएको उनले बताए ।  आफूले उपभोग गरेको जग्गाको लालपुर्जा नभएपछि बैंकमा धितो राखेर ऋण झिक्नसमेत नपाएको उनको भनाइ छ । 

निस्साले टिकाराम र बाबुरामलाई जस्तै विष्णुमाया श्रेष्ठलाई पनि लालपुर्जाको आश दिलाउन सकेन । बरु यसपालि पनि लालपुर्जा पाइँदैन होला भनेर आशंकित बनाएको छ उनलाई ।  निस्सा बाँड्दै लालपुर्जा दिन्छौँ भन्नु चुनावी आश्वासन ठानेकी छन् उनले । लालपुर्जाको कुरा सुन्दा सुन्दै कान थाकेको उनले बताइन् । "लालपुर्जाको आश्वासन धेरै पाइयो । आशमा धेरै पटक फारम पनि भर्‍यौँ ।  हातमा पर्दैन ' " उनले भनिन् । 

जानकारहरूका अनुसार २०३० सालपछि शुक्लागण्डकीका स्थानीयलाई लालपुर्जा दिन गरिएको प्रयास यो आठौँ पटक हो । अहिलेसम्म सफल भएको देखिँदैन । आइतबार शुक्लागण्डकी नगरपालिका–७ का ३९ घरलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु भएको भन्दै निस्सा बाँडिएको छ । २४७ परिवारको निस्सा आएको भए पनि वितरण कार्यक्रममा धेरै सहभागी नै भएनन् । लालपुर्जा पाइन्छ भन्ने आश नभएको भन्दै धेरै सहभागी भएनन् ।

वडाबाट ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गर्न निवेदन दिएकोमा ८६६ को विवरण अनलाइनमा दर्ता भएको छ । निस्सा आएकाको वितरण थालेको शुक्लागण्डकी नगरपालिका-७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले बताए । निस्सा वितरण लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए । उनका अनुसार अब नक्सा नापजाँच गरेर लालपुर्जा वितरण हुनेछ । 

आफ्नै कार्यकालमा हरेकको हातमा लालपुर्जा थमाउने शुक्लागण्डकीका मेयर किसान गुरुङले  बताए ।  काम गर्दा गर्दै पनि आफ्नो कार्यकालमा नसकिएपनि अब आउने जनप्रतिनिधिले लालपुर्जा बाँड्ने उनले उल्लेख गरे । 

शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर  ७ सँगै ८ र २ मा अव्यवस्थित, सुकुम्बासीको बसोबास अधिक छ । शुक्लागण्डकीका १२ वडाबाट चार हजार ४०३ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दिएका छन् । बस्तीमा सडक, बिजुली, खानेपानी, विद्यालयजस्ता आधारभूत विकास त भएको छ नै । र पनि पुर्जाविहीन हुनुको पीडाले सताइरहने बताउँछन् स्थानीयवासी ।

  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि