भदौ १४, पर्वत । दिगो विकासको लागि पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नागरिक समाज संजाल पर्वतको आयोजनामा दिगो विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । सोमबार भएको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, पर्वत । दिगो विकासको लागि पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नागरिक समाज संजाल पर्वतको आयोजनामा दिगो विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । सोमबार भएको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले "/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दिगो विकासको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

१४ भाद्र २०७३, मंगलवार ०६:००

भदौ १४, पर्वत । दिगो विकासको लागि पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नागरिक समाज संजाल पर्वतको आयोजनामा दिगो विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । सोमबार भएको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जिल्लामा रहेका स्थानिय तथा अन्तराष्ट्रिय एनजिओ तथा आइएनजिओले गरेका कार्यक्रम र त्यसको आर्थिक  पारदर्शीताका बारे प्रश्न चिन्ह उठाएका थिए ।

विगतका बर्षमा जिल्लामा रहेका केहि एनजिओहरुले कामभन्दा पनि अनियमितता तथा आर्थिक सवालमा फितलो भएका कारण अख्तियारमा समेत उजुरी परेको    कुरालाई सहभागीले वेजोडका साथ उठाएका थिए । 

दिगो विकासको लागि काम तथा योजना राम्रा र उपयोगी भएता पनि काम गराइ र आर्थिक पारदर्शीतामा भने कमजोर देखिएको बताए । सन् २०१५ मा अमेरिकामा भएका १९६ वटा देशको संयुक्त भेलाले पारित गरेको दिगो विकासको लक्ष्य पहिल्याउन १७ वटा सुचक जारी गरेका थिए । सोही लक्ष्यमका बारेमा छलफल भएको थियो ।   

विकशित मुलुकले ०.७ प्रतिशत लगानी विकासोन्मुख तथा अल्पविकसित देशहरुको लागि छुट्याउनुपर्ने  उक्त प्रतिबेदनमा उल्लेख छ । जसबाट ०.२ देखि ०४ प्रतिशत सम्म यसको प्रतिफल भएको बुझिएको छ । 

उक्त भेलाले दिगो विकासका सुचकमध्ये वितरणमा न्याय, आर्थिक न्याय, सामाजिक न्याय, बातबरणीय न्याय, शैक्षिक तथा पारदर्शीता सम्बन्धीका विषयबस्तुलाई प्रथामिकतासाथ राखेको छ भने  भोकभरी, खाद्य सुरक्षा, स्वास्थ्य सुरक्षा, समावेशी शिक्षा, लैगिक समानता, स्वास्थ्य तथा सरसफाइ लगाएतका विषयबस्तुलाई उदेश्यमा राखेको छ । सन् २०३० सम्मको लागि  राखिएका दिगो विकास लक्ष्य १५ बर्षिय योजनामा रहेको छ ।

जेष्ठ नागरिक संघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा  ,प्रहरी नायव निरीक्षक गंगा पन्त, गैसस महासंघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल क्षेत्रिय इन्चार्ज देवि प्रसाद तिमिल्सिना लगायतका विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको अध्यक्षता संजालका अध्यक्ष राजेन्द्र पहाडीले गरेका थिए भने कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि किशोर सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ