१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा पुरुषभन्दा महिला मतदाताको संख्या साढे ४ हजारले बढी

२३ चैत्र २०७८, बुधबार ०५:४२

 चैत्र २३, अछाम | जिल्ला निर्वाचन कार्यालय अछामले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । अछाममा कुल मतदाताको संख्या एक लाख ५६ हजार २८० छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुषको भन्दा महिला मतदाता सख्या चार हजार ५८४ बढी छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष मतदाता ७५ हजार ८३७ छ भने महिला मतदाता ८० हजार ४४१ छन् । जिल्लाको रामारोशन, कमलवजार र ढकारी गाउँपालिकाबाहेक अन्य सातवटा पालिकामा पुरुष मतदाताभन्दा महिला मतदाताको सख्या बढी छ ।

साँफेबगर नगरपालिकामा पुरुष मतदाताभन्दा महिला मतदाता ९२९ बढी छन्। साँफेबगर नगरपालिकामा १० हजार ४६७ पुरुष र ११ हजार ३९६ महिला गरी २१ हजार ८६४ मतदाता छन् । सबैभन्दा कम मतदाता रहेको बान्नीगढी जयगढ गाउँपालिकामा पुरुषको भन्दा महिला मतदाता ४७० ले बढी छ । बान्नीगढी जयगढ गाउँपालिकामा पाँच हजार ६३६ पुरुष र ६ हजार १०६ महिला गरी ११ हजार ७४२ मतदाता छन् ।

यस्तै मंगलसैन नगरपालिकाकामा पुरुष मतदाताभन्दा महिला मतदाता संख्या ८८७ बढी छन् । मंगलसैनमा नाै हजार ४४५ पुरुष र १० हजार ३३२ महिला, अन्य एक गरी १९ हजार ८७८ मतदाता छन् । पञ्चदेवल बिनायक नगरपालिकामा पुरुषभन्दा महिला मतदाता ७७१ बढी छन्  ।  पञ्चदेवल बिनायकमा सात हजार ८२७ पुरुष र आठ हजार ६१८ महिला गरी १६ हजार ४४५ मतदाता छन् ।

यस्तै तुर्माखाँद गाउँपालिकामा पुरुषभन्दा महिला मतदाता १२७ ले बढी छन् ।  तुर्माखाँदमा सात हजार ६९२ पुरुष र सात हजार ८१९ महिला गरी १५ हजार ५११ मतदाता छन् । मेल्लेख गाउँपालिकामा पुरुष मतदाताभन्दा महिला मतदाताको संखया ५३१ बढी छ । मेल्लेखमा सात हजार ४१५ पुरुष र सात हजार ९४६ महिला, गरी १५ हजार ३६१ मतदाता छन् । चौरपाटी  गाउँपालिकाकामा पुरुषभन्दा महिला मतदाता एक हजार २३७ बढी छन् । चौरपाटीमा ६ हजार ७५४ पुरुष र ७ हजार ९९० महिला गरी १४ हजार ७४४ मतदाता रहेका छन् ।

रामारोशन गाउँपालिकामा भने महिला मतदाताभन्दा पुरुष मतदाता ९२ बढी छन् । रामारोशनमा सात हजार २५५ पुरुष र सात हजार १६३ महिला गरी १४ हजार ४१८ मतदाता छन् । यस्तै कमलवजार नगरपालिकामा पनि महिला मतदाताभन्दा १४९ बढी पुरुष मतदाता छन् । कमलवजारमा सात  हजार ४६ पुरुष र ६ हजार ८९७ महिला गरी १३ हजार ९४३ मतदाता छन् । ढकारी गाउँपालिका २६ जनाले मात्र महिलाभन्दा पुरुष मतदाता बढी छन् । ढकारीमा ६ हजार २०० पुरुष र ६ हजार १७४ महिला गरी १२ हजार ३७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल