चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 07 Apr, 2022

चैत्र २४, चितवन | चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनी सवार रहेको बागमति प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!