१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

कुशल चालक : जसले बचाए ४० जनाको ज्यान

२५ चैत्र २०७८, शुक्रबार ११:३२

चैत्र २५, अर्घाखाँची | शुक्रबार बिहान करिब ११ बजेको थियो । पोखराबाट भ्रमणका लागि निस्किएको ग१ख ६८० नम्बरको बस २७ जना यात्रु बोकेर सन्धिखर्क नगरपालिका-२ भलायडाँडाको ओरालो झर्दै थियो ।  


२३ गते पोखराबाट प्रस्थान गरेका यात्रुहरू बोकेर हिजोप्युठानमा रहेको ऐतिहासिक स्वर्गद्वारी मन्दिर दर्शन गरी आज सुपा देउराली मन्दिरमा पुग्ने अनि आजकाे रात यतै बिताएर भाेलि पाेखरा फर्कने याेजनासहित सुरेश सुनारले बस हाँकिरहेका थिए । बसमा सवार थिए पाेखरा साना किसान कृषि सहकारी संस्था बेगनासका सेयर सदस्यहरू ।

सन्धिखर्क पुग्न ५०० मिटर मात्रै बाँकी थियाे । एक्कासि बसले नियन्त्रण गुमायाे । ओरालाेमा कुदिरहेकाे बसमा ब्रेकले काम नगरेपछि पाेखरा-२७ निवासी चालक सुनारले अगाडि तेर्साेबाटाे आउने विश्वासमा बसलाई नियन्त्रण बाहिर जान दिएनन् । दुईवटा माेड कटाएका सुनारले अगाडि ठाडाे ओराले देखेपछि बसलाई भित्तामा ठाेक्याए जसबाट ठूलाे जनधनकाे क्षति हुनबाट बच्याे ।

 "अब ब्रेकले काम गर्दैन भन्ने पुष्टि भएपछि ओरालाे बाटाेमा मसँग धेरै विकल्प थिएन । अगाडि सजिलाे बाटाे आउने आसमा दुईवटा माेड त कटाएकाे थिएँ," सुनारले भने, "तर तेस्राे माेडपछि अगाडि झन् ठाडाे ओरालाे देखेपछि यात्रुहरूलाई बचाउन भित्तामा ठाेक्याउनुकाे विकल्प देखिनँ ।’ 

चालककाे कुशलताका कारण ठूलाे क्षति हुनबाट बचेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार महेन्द्र भुसालले बताए । ‘ओराेलाेमा ब्रेक फेल हुँदा निकै जनधनकाे क्षति हुनसक्थ्याे,’ भुसालले भने, ‘निकै कुशलताका साथ चालकले सुरक्षित अवतरण गर्नुभएछ ।’ 

चालकले बडाे कुशलताका साथ आफूहरूलाई बचाएकाे सहकारीका सेयर सदस्य रुद्रनाथ तिवारीले बताए । ‘यदि चालकले आफूलाई नियन्त्रण नगरेकाे भए आज ठूलाे क्षति हुने थियाे,’ तिवारीले भने, ‘ठूलाे खतराबाट बच्न सफल भइयाे।’ 

गाडीमा सवार अधिकांश सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका दुईजनाकाे बुटवल रिफर गरिएकाे अर्घाखाँची अस्पतालले जानकारी दिएकाे छ । यद्यपि घाइतेहरूकाे अवस्था खतरामुक्त रहेकाे अस्पतालका सूचना अधिकारी निम रानाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल