१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वैद्यनाथ क्षेत्र विकास संस्थाको धामको गुरुयोजना निर्माण

२७ चैत्र २०७८, आईतवार ०७:४२

चैत्र २७, अछाम | नेपालका चार धाममध्येको एकधाम वैद्यनाथ क्षेत्र विकास संस्थाको गुरुयोजना निर्माण भएकोे छ । सेती लोकमार्गले छोएको धार्मिक तथा पर्यटकीयस्थल वैद्यनाथको व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले बृहत्तर गुरुयोजना निर्माण भएको छ । साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा अल्फा ईन्जिनेरिङ कन्सल्टेन्सीले गुरुयोजना निर्माण गरेको छ । अल्फा ईन्जिनेरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडका डाइरेक्टर दानबहादुर रावलले गुरुयोजनाको प्रतिवेदन साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरलाई हस्तान्तरण गरे ।

गुरुयोजनामा वैद्यनाथ धाम क्षेत्रमा बर्सेनि हुँदै आएको कटान रोक्नलाई पहिलो प्राथमिकता दिएको छ । नदीको दायाँ वायाँ लुग्रेली गाडमा पक्की तटबन्धलाई गुरुयोजनामा समेटिएको छ । वैद्यनाथ क्षेत्र विकास संस्थाकोे गुरुयोजनामा तीन तले अतिथि भवन, चार तले सन्त आवास भवन, दुई तले पिर भवनको संरचना निर्माण रहेको छ।

गुरुयोजनमा कार्यालयको चार तले भवन निर्माण गर्ने उल्लेख गरिएको छ । उक्त चार तले भवनमा वैद्यनाथ क्षेत्र विकास समितिको कार्यालय, वैद्यनाथ धार्मिक पर्यटन विकास व्यवस्थापन समिति, गुठी कार्यालय र ध्यान कोठा रहने नगर प्रमुख कुँवरले जानकारी दिए ।

गुरुयोजनामा वैद्यनाथ क्षेत्रमा १५० जना जना अट्ने सभागृह, अछामी नौमुठे गाईको संरक्षणको २० वटा गाई अट्ने गाई गोठको निर्माण, सार्वजनिक मञ्च, तीन तले होमेस्टे भवनको नमूना नक्सा, सडक निर्माणलाई समेटिएको छ । अहिले वैद्यनाथ धामको प्रांगणमा सौर्य बत्ती, प्रांगणको बीच भागमा मञ्च, भित्र चार ढोका भएको वैद्यनाथको मन्दिर, मन्दिर वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवलहरू  छन् ।

यस्तै दुई तले संग्राहलय भवन निर्माणधीन, पार्कको निर्माण कार्य सुरुवात, अतिथि भवनको निर्माण कार्य सम्पन्न, ज्येष्ठ नागरिकको लागि वृद्धआश्रम निर्माण कार्यको सुरुवात भएको छ । धार्मिक पर्यटकीय स्थलका रूपमा रहेको वैद्यनाथलाई ऐतिहासिक र धार्मिक महिमासँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनाअनुसार गुरुयोजना निर्माण गरिएको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए । उनले यहाँका महत्वपूर्ण र अति रमणीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूलाई चिनाउनको लागि गुरुयोजना निर्माण गरिएको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल