२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

दक्ष जनशक्ति पलायन राेक्न सरकारले नै चाहेन : चन्द

२०७८, २७ चैत्र आईतवार ०७:५२

चैत्र २७, भैरहवा | नेपाल इँट्टा उद्योग महासंघका अध्यक्षमा शंकरबहादुर चन्दले सरकारको गलत नीतिका कारण दक्ष जनशक्ति विदेसिरहेकाे आराेप लगाएका छन् । 

नवनिर्वाचित अध्यक्ष चन्दले आफ्नै देश विकासमा राेक्नु पर्ने यस्ता जनशक्तिलाई सरकारले नै  विश्व श्रमबजारमा पठाइरहेको बताएका छन् । 'नेपालमा धेरै सम्भावना र दक्ष जनशक्ति छन् । तीन तहको सरकारले रोजगारी, तालिम, अभिमुखीकरण गरी पुँजीको व्यवस्थापन गर्नुपर्नेमा आफ्ना नागरिकलाई विदेश पठाइरहेकाे छ ।' उनले भने ।  

उनले नेपालका परम्परागत इँटा उद्योग समेत जनशक्ति पलायनकाे मारमा परेकाे उनले बताए । पराम्परागत इँटा उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, वायु प्रदुषण नियन्त्रण गर्दै रुपान्तरित प्रविधि जिकज्याक, हाइब्रिड र टनेल लगायतको प्रविधिबाट उत्पादनमा अब जोड दिने उनले बताए । 'नेपालमा इँटा उद्योगको लागि दक्ष कामदार अभाव छ, यो अभावको परिपूर्तिका लागि महासंघको नयाँ नेतृत्वले सीटीईभीटीमार्फत फायर मास्टरको व्यवसायिक तालिमको पाठ्यक्रम तयार गरिसकेको र विदेशी जनशक्तिको विकल्पको रुपमा दक्ष कामदार उत्पादन गर्नेछाैँ ,' उनले भने । ७० प्रतिशत प्रयोगात्मक कक्षा हुने ९० दिने तालिम नेपालमै पहिलो पटक सन्चालन गर्न लागेकाे अध्यक्ष चन्दले बताए । 

२०६४ सालमा स्थापित महासंघमा हाल २५ वटा संघ छन् । १२ सय इँटा व्यवसायी रहेको नेपालले एसियाको इँटा संगठनको नेतृत्व गरिरहकेको बताए ।

चन्दको नेतृत्वमा २५ सदस्यीय समिति

महासंघको तीन वर्षे कार्यकालका लागि शंकरबहादुर चन्दको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ । भैरहवामा सम्पन्न अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद अवाल, प्रथम उपाध्यक्षमा विनयकुमार यादव र राजेन्द्रप्रसाद प्रजापति चयन भएका छन् । यसैगरी महासचिवमा केदार गोसाई, कोषाध्यक्षमा कृष्ण अवाले सचिवमा मदनराज पनेरु, नातिभाई ह्योम्बा, चन्द्रदेव यादव, जगन्नाथ शर्मा खनाल र जैनुल खाँ निर्वाचित भएका छन् । 

सहसचिवमा आशाराम फाँजु, रमेश खनाल, नागेन्द्र चौधरी र सह-कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानावासु, बाबुराम पाठक, रामविनोद साह, धर्मेन्द्र श्रेष्ठ र सुरेन्द्र कठायत चयन भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता जगत जोशीले जानकारी दिए । यस्तै, महासंघको सदस्यहरूमा गोविन्दराम पन्थ, एकराज गजुरेल, टंकबहादुर बुढा, रामआशिष प्रसाद चौरसिया, महेन्द्र अग्रवाल, दीपबहादुर ऐर र शिवशंकर महतो निर्विरोध चयन भएकाे कानुनी सल्लाहकार समेत रहेका जोशीले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना