१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

दक्ष जनशक्ति पलायन राेक्न सरकारले नै चाहेन : चन्द

२७ चैत्र २०७८, आईतवार ०७:५२

चैत्र २७, भैरहवा | नेपाल इँट्टा उद्योग महासंघका अध्यक्षमा शंकरबहादुर चन्दले सरकारको गलत नीतिका कारण दक्ष जनशक्ति विदेसिरहेकाे आराेप लगाएका छन् । 

नवनिर्वाचित अध्यक्ष चन्दले आफ्नै देश विकासमा राेक्नु पर्ने यस्ता जनशक्तिलाई सरकारले नै  विश्व श्रमबजारमा पठाइरहेको बताएका छन् । 'नेपालमा धेरै सम्भावना र दक्ष जनशक्ति छन् । तीन तहको सरकारले रोजगारी, तालिम, अभिमुखीकरण गरी पुँजीको व्यवस्थापन गर्नुपर्नेमा आफ्ना नागरिकलाई विदेश पठाइरहेकाे छ ।' उनले भने ।  

उनले नेपालका परम्परागत इँटा उद्योग समेत जनशक्ति पलायनकाे मारमा परेकाे उनले बताए । पराम्परागत इँटा उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, वायु प्रदुषण नियन्त्रण गर्दै रुपान्तरित प्रविधि जिकज्याक, हाइब्रिड र टनेल लगायतको प्रविधिबाट उत्पादनमा अब जोड दिने उनले बताए । 'नेपालमा इँटा उद्योगको लागि दक्ष कामदार अभाव छ, यो अभावको परिपूर्तिका लागि महासंघको नयाँ नेतृत्वले सीटीईभीटीमार्फत फायर मास्टरको व्यवसायिक तालिमको पाठ्यक्रम तयार गरिसकेको र विदेशी जनशक्तिको विकल्पको रुपमा दक्ष कामदार उत्पादन गर्नेछाैँ ,' उनले भने । ७० प्रतिशत प्रयोगात्मक कक्षा हुने ९० दिने तालिम नेपालमै पहिलो पटक सन्चालन गर्न लागेकाे अध्यक्ष चन्दले बताए । 

२०६४ सालमा स्थापित महासंघमा हाल २५ वटा संघ छन् । १२ सय इँटा व्यवसायी रहेको नेपालले एसियाको इँटा संगठनको नेतृत्व गरिरहकेको बताए ।

चन्दको नेतृत्वमा २५ सदस्यीय समिति

महासंघको तीन वर्षे कार्यकालका लागि शंकरबहादुर चन्दको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ । भैरहवामा सम्पन्न अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद अवाल, प्रथम उपाध्यक्षमा विनयकुमार यादव र राजेन्द्रप्रसाद प्रजापति चयन भएका छन् । यसैगरी महासचिवमा केदार गोसाई, कोषाध्यक्षमा कृष्ण अवाले सचिवमा मदनराज पनेरु, नातिभाई ह्योम्बा, चन्द्रदेव यादव, जगन्नाथ शर्मा खनाल र जैनुल खाँ निर्वाचित भएका छन् । 

सहसचिवमा आशाराम फाँजु, रमेश खनाल, नागेन्द्र चौधरी र सह-कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानावासु, बाबुराम पाठक, रामविनोद साह, धर्मेन्द्र श्रेष्ठ र सुरेन्द्र कठायत चयन भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता जगत जोशीले जानकारी दिए । यस्तै, महासंघको सदस्यहरूमा गोविन्दराम पन्थ, एकराज गजुरेल, टंकबहादुर बुढा, रामआशिष प्रसाद चौरसिया, महेन्द्र अग्रवाल, दीपबहादुर ऐर र शिवशंकर महतो निर्विरोध चयन भएकाे कानुनी सल्लाहकार समेत रहेका जोशीले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल