१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्चीको पानी भोलि सुरूङमा खसालिने, काठमाडौं आइपुग्न केही दिन लाग्ने

२८ चैत्र २०७८, सोमबार ११:२५

चैत्र २८, काठमाडौं | मेलम्ची खानेपानी आयोजनाको पानी भोलि सुरूङमा खसालिने भएको छ । गत २ असारमा आएको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी खसाल्न लागेको हो । 

बाढीले क्षतिग्रस्त मेलम्चीको मुहान मर्मत सम्भार सकिएको छ । योसँगै पानी खसालिन लागेकाे मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिए । 

हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएसँगै पानी सुरूङमार्गमा खसालिन लागिएको उनको भनाइ छ । अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना थियो । सोही अनुसार मर्मत सम्भारको कामलाई तीव्रता दिएको थियो । 

'भोलि सुरूङमा पानी खसालिन्छ । सुरूङमा पानी भरिएर काठमाडौं आइपुग्न केही दिन लाग्छ,’ उनले भने, ‘अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने बाहेकको अन्य काम सकिएको छैन् ।’

गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो । भोलि मंगलबार सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्न केही दिन लाग्नेछ । 

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल ईन्जिनियर राजेन्द्र पन्तले अस्थायी रूपमा पानी ल्याउन आवश्यक संरचना तयार भइसकेको बताए । मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी पक्की पुल निर्माण भएका छन् । बाँकी काम निर्माणाधीन अवस्थामा रहेको पन्तको भनाइ छ ।

गत वर्ष १७ चैतमा मेलम्चीको पानी पहिलो पटक काठमाडौंमा झारिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरूङ परीक्षणका लागि १ असारमा सुरूङमा पानी बन्द गरिएको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो । बाढीले मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिन जम्मा भएको थियो । 

मेलम्ची खानेपानी आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । मेलम्ची खानेपानी आयोजनाको औपचारिक रूपमा दोस्रो पटक उद्घाटन गर्न लागिएको थियो । तर, निर्वाचन आचारसंहिता लागु भएसँगै उद्घाटन कार्यक्रम स्थगित भएको छ । 

स्थानीय तह निर्वाचन नजिकिएसँगै सरकारले मेलम्चीको काम चाँडो सक्न दबाब दिँदै आएको थियो । जसले गर्दा अहिले पनि सुरूङ सफा गर्ने कामबाहेक अन्य बाटो बनाउने, पुन निर्माण गर्ने लगायतका काम जारी नै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल