सन्देश पौडेल, भदौ १५, लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएकोे हो । 

तनहुँको मि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्देश पौडेल, भदौ १५, लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएकोे हो । 

तनहुँको मि"/>

३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

रिस्तीका आठ घर बाढीले पुरिए

१५ भाद्र २०७३, बुधबार १०:२३

सन्देश पौडेल, भदौ १५, लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएकोे हो । 

तनहुँको मिर्लुङदेखि आएको ठाडो खहरे ठाँटी खोलामा ठूलो बाढी आएपछि समिफेदका आठ घरमा क्षति पुगेको छ । बाढीले स्थानीय पुरुषोत्तम रेग्मी र हरिमाया खत्रीको घर पूर्णरुपमा पुरेको छ भने अन्य घरमा आंशिक क्षति भएको छ । 

आज बिहान २ बजेतिर आएको बाढीले स्थानीयवासी चन्द्रबहादुर बसौला, जगतबहादुर गौली, विष्णुप्रसाद पौडेल, बोधकुमारी पौडेल, कुलप्रसाद पौडेल, नारायणदत्त पौडेलको घरमा आंशिक क्षति भएको छ । 

बाढीे मध्यरातमा अएको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । मिर्लुङको लप्सी भन्ने ठाउँमा पहिरो गएको थियो । बाढी र पहिरो गर्जनका साथ आउँदै गर्दा स्थानीयवासी भाग्न सफल भएका हुन् । 

“मध्यरातमा शौचालय निष्किए, भूकम्पको जस्तै आवाज आयो, पछि बाढीसँगै ढुङ्गा आउन थालेपछि घरका अरु सदस्यलाई उठाएर भाग्न सफल भएकाले ज्यान बचाउन सकियो” स्थानीयवासी चन्द्र बसौलाले भन्नुभयो । 

बाढीले घर पुरिँदा समेत आफू बाँचेकोमा आफैँलाई अचम्म लागेको पीडित पुरुषोत्तम रेग्मीले बताउनुभयो । रेग्मीले भन्नुभयो “घरमा सुतिरहेको थियौँ, अचानाक ढोकामा ढुङ्गा बज्रिन थालो, सुरुमा त कसैले हान्यो की जस्तो लागेको थियो, पछि कोठामा पानी नै छिर्न थालेपछि पछाडिबाट भाग्न सफल भयौँ ।” 

किराना व्यवसाय गर्दै आउनुभएका रेग्मीले घरभित्रको सामान सबै पुरिएको बताउनुभयो । घर पूर्णरुपमा क्षति नभए पनि सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लगाइएको छ । 

बाढीले घर बस्ती पुरिएपछि कति क्षति भयो भन्ने यकिन भएको छैन । बाढीपीडित क्षेत्रमा तत्काल उद्धारको निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी दीपक सुवेदीले जानकारी दिनुभयो । 

बाढीले वस्तीसँगै १५ रोपनीभन्दा बढी धान खेत, स्थानीय मठमन्दिर पुरेको छ । 

बाढीले बेसींशहर, दुईपिप्ले सवारी पनि ठप्प भएको छ भने कुन्छादेखि दमौली, पोखरा, काठमाडाँै लगायतका स्थानमा जाने सवारी आवागमन अबरुद्ध भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ