सन्देश पौडेल, भदौ १५, लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएकोे हो । 

तनहुँको मि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्देश पौडेल, भदौ १५, लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएकोे हो । 

तनहुँको मि"/>

2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

रिस्तीका आठ घर बाढीले पुरिए

सन्देश पौडेल, भदौ १५, लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएकोे हो । 

तनहुँको मिर्लुङदेखि आएको ठाडो खहरे ठाँटी खोलामा ठूलो बाढी आएपछि समिफेदका आठ घरमा क्षति पुगेको छ । बाढीले स्थानीय पुरुषोत्तम रेग्मी र हरिमाया खत्रीको घर पूर्णरुपमा पुरेको छ भने अन्य घरमा आंशिक क्षति भएको छ । 

आज बिहान २ बजेतिर आएको बाढीले स्थानीयवासी चन्द्रबहादुर बसौला, जगतबहादुर गौली, विष्णुप्रसाद पौडेल, बोधकुमारी पौडेल, कुलप्रसाद पौडेल, नारायणदत्त पौडेलको घरमा आंशिक क्षति भएको छ । 

बाढीे मध्यरातमा अएको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । मिर्लुङको लप्सी भन्ने ठाउँमा पहिरो गएको थियो । बाढी र पहिरो गर्जनका साथ आउँदै गर्दा स्थानीयवासी भाग्न सफल भएका हुन् । 

“मध्यरातमा शौचालय निष्किए, भूकम्पको जस्तै आवाज आयो, पछि बाढीसँगै ढुङ्गा आउन थालेपछि घरका अरु सदस्यलाई उठाएर भाग्न सफल भएकाले ज्यान बचाउन सकियो” स्थानीयवासी चन्द्र बसौलाले भन्नुभयो । 

बाढीले घर पुरिँदा समेत आफू बाँचेकोमा आफैँलाई अचम्म लागेको पीडित पुरुषोत्तम रेग्मीले बताउनुभयो । रेग्मीले भन्नुभयो “घरमा सुतिरहेको थियौँ, अचानाक ढोकामा ढुङ्गा बज्रिन थालो, सुरुमा त कसैले हान्यो की जस्तो लागेको थियो, पछि कोठामा पानी नै छिर्न थालेपछि पछाडिबाट भाग्न सफल भयौँ ।” 

किराना व्यवसाय गर्दै आउनुभएका रेग्मीले घरभित्रको सामान सबै पुरिएको बताउनुभयो । घर पूर्णरुपमा क्षति नभए पनि सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लगाइएको छ । 

बाढीले घर बस्ती पुरिएपछि कति क्षति भयो भन्ने यकिन भएको छैन । बाढीपीडित क्षेत्रमा तत्काल उद्धारको निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी दीपक सुवेदीले जानकारी दिनुभयो । 

बाढीले वस्तीसँगै १५ रोपनीभन्दा बढी धान खेत, स्थानीय मठमन्दिर पुरेको छ । 

बाढीले बेसींशहर, दुईपिप्ले सवारी पनि ठप्प भएको छ भने कुन्छादेखि दमौली, पोखरा, काठमाडाँै लगायतका स्थानमा जाने सवारी आवागमन अबरुद्ध भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो