प्रकाश बम/भदौ १५, डोटी । डोटीका दश वटा विद्यालयलाई असि लाखको साम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम/भदौ १५, डोटी । डोटीका दश वटा विद्यालयलाई असि लाखको साम"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका दश विद्यालयलाई ८० लाखको सामग्री हस्तान्तरण

१५ भाद्र २०७३, बुधबार १२:५२


प्रकाश बम/भदौ १५, डोटी । डोटीका दश वटा विद्यालयलाई असि लाखको सामग्री एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । शिक्षणमा सिकाईमा सूचना तथा प्रविधिको प्रयोगबाट सामुदायिक विद्ययालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ ती सामग्री हस्तान्तरण गरिएको हो ।

 कम्प्युटर शिक्षाका लागि प्रत्येक विद्यालयहरुलाई आठ लाखको सामग्री हस्तान्तर गरिएकोे युनाइटेड मिसन टु नेपाल (युएमएन) डोटी क्लस्टर टिम लिडर धनमाया गुरुङले बताइन् । सो रकममा शिक्षकको तालिम तथा ढुवानी खर्चलाई समेत समावेश गरेको उनले जानकारी दिइन् ।  जिल्लाका दश विद्यालयमा २० थानका दरले २ सय थान कम्प्युटर हस्तान्तर गरिएको छ ।

 डिजिटल शिक्षामा रहेको ग्याप हटाउन र सामुदायिक विद्यालका विद्यार्थीहरुको पहुँच बढाउनु यसको मुख्य लक्ष्य रहेको गुरुङले बताए । जिल्लाका साजेन्दे्रश्वर उमावि फुलौट, राधा कृष्ण उमावि गोपघाट, केदारेश्वर उमावि कफल्लेकी, भगवती उमावि तलरा, सरस्वती उमावि रानागाउँ, सीताराम क्याम्पस उच्चाकोट, शारदा उमावि मुडभरा, वीरेन्द्र उमावि घाङ्गल, बर्छैन उमावि बर्छैन र रामपुर उच्च माध्यमिक विद्ययालय बुडरलाई हस्तान्तरण गरिएको छ । सो सामग्रीबाट ती विद्ययालयका ५ हजार एक सय अठार विद्यार्थी लाभान्वित हुने बताइएको छ ।

 हस्तारण कार्यक्रममा स्थानिय विकास अधिकारी कृष्ण गौतमले कम्पुटर विनाको शिक्षा अधुरो रहेको भन्दै प्रयोग गरेनौ भने पछि परिने धारणा राखे । उनले भने, ‘जुन विद्यालयमा कम्पुटर हस्तातरण गरिएका छन् । भोलिका दिनमा कसैका घर भित्र भेटियो भने राम्रो हुँदैन  ।’ विधि,अनुसाशन र सिस्टमका साथ अघि बढ्नु होला । 

 जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले संचारको जगतमा सूचनाको प्रविधिमा हामी सक्षम नभएसम्म शिक्षण सिकाई प्रभावकारी हुन नसक्ने बताए । उनले भने, ‘राम्रो गर्ने विद्यालयका लागि सहयोग गर्ने सयौं हातहरु छन् ।’ आजै देखि उत्कृष्ट विद्यालयको सूचीमा नाम लेखाउन तर्फ लाग्नुन् ।

 कार्यक्रममा बोल्दै केदारेश्वर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गगन कार्कीले यो सहयोगका कारण दूर दराजका सबै विद्यार्थी र शिक्षक सूचनाको पुहँचमा पुग्ने तथा प्रविधिसंग जोडिने बताए । उनले भने, ‘परम्परागत शिक्षण शैली भित्र नवीन शैली भित्रिएको छ । जसमा हामी खुशी छौं ।’

युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरको आयोजना तथा जिल्ला शिक्षा कार्यलय डोटी,टेक्नोलोजि एलोभेटिङ प्रोभटी र माईक्रोसफ्ट इनोभेसन सेन्टर नेपालको सहयोगमा गरीएको कार्यक्रमको संचालन युनाईटेड मिसन टु नेपाल डोटी कार्यक्रम अधिकृत हेमराज जोशिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला