१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सलाम वालेकुम’ भन्दै विमानस्थलमा दुई घण्टाभित्र सात वटा बम पड्किने चेतावनी दिने को थिए ?

२१ बैशाख २०७९, बुधबार ०७:१७

वैशाख २१, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ सात ठाउँमा बम राखिएको भन्दै फोन गर्ने अपरिचित व्यक्तिको मोबाइल नम्बरबारे अनसन्धान सुरु भएको छ ।शंकास्पद वस्तु फेला नपरेपछि बिहान ११:१० बजेदेखि विमानस्थल पुन: सञ्चालनमा ल्याइएको छ।

बुधबार बिहान ९ः४० बजेतिर एक नेपाल बाहिरको नम्बरबाट फोन आयो । जुन फोन अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक फोन आयो । त्रिभुवन विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाए । 

फोन उठाउने विक्तिकै उताबाट भनियो,– ‘सलाम वालेकुम । तपाईंको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा बम राखिएको छ । दुई घण्टाभित्र विस्फोट हुन्छ ।’

त्यसको केही समय पुनः फोन आयो । यताबाट टर्मिनल ड्युटी अफिसरले प्रश्न गर्न नपाउँदै उताबाट सात ठाउँमा बम राखिएको र दुई घण्टाभित्र विस्फोट हुने कुरा दोहोर्‍याए । 

आन्तरिक उडानतर्फका ड्युटी अफिसरले तत्कालै नागरिक उड्डयन प्राधिकरणको कार्यालयका अधिकारीलाई जानकारी गराए । त्यसपछि तत्कालै सुरक्षा निकायलाई खबर गरियो । बिहान ९ः४० देखि ९ः५० को बीचमा बम राखेकोबारे सूचना पाएपछि विमानस्थल प्रशासनले एक्सन लियो । 

विदेशकै नम्बरबाट आएको फोनमा बोल्ने व्यक्ति भने नेपाली बोलिरहेका थिए । तुरुन्तै विमानस्थल प्रशासन, कार्यरत सुुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन भयो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डोमेस्टिक टर्मिनलको सम्पूर्ण क्षेत्रमा सर्च अप्रेशन चलायो । 

बम डिस्पोजल टोलीद्वारा यात्रु बस्ने क्षेत्र, सुरक्षा जाँच गरिने क्षेत्रमात्र नभएर शौचालयहरूमा समेत सर्च गरियो । सर्च गर्दा त्यस्तो शंकास्पद वस्तु केही पनि नपाइएको प्रवक्ता सिटौलाले जानकारी दिए । बम राखेको सूचना आएपछि १० बजेदेखि नै सर्च अप्रेशन सुरू गरिएको उनको भनाइ छ ।

सर्च अप्रेशन सुरु गर्नुअघि एयरपोर्ट इमरजेन्सी प्लानअनुसार अपनाउनुपर्ने सावधानी अपनाएर टर्मिनलभित्र रहेका यात्रु तथा सबै कर्मचारीलाई बाहिर निकालियो । र सबै विमानहरूको उडान बन्द गरियो ।  

सुरक्षा निकायले तालिमप्राप्त कुकुरदेखि बम डिडेक्टरको सहायताले सर्च अप्रेशन चलाइएको थियो । तर, केही पनि शंकास्पद बस्तु फेला नपरेको प्रवक्ता सिटौलाले बताए । 

थ्रेट दिने व्यक्तिबारे सुरक्षा निकायलाई जानकारी गराइएको र सुरक्षा निकायले अनुसन्धान प्रक्रिाय अघि बढाइसकेको उनको भनाइ छ । शंकास्पद बस्तु फेला नपरेपछि बिहान ११ः१० बजेदेखि विमानस्थल सुचारु गरिएको उनको भनाइ छ । 

विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी भीम ढकालले थ्रेटकलबारे अनुसन्धान थालिएको बताए । ‘फोन गर्ने व्यक्तिबारे अनुसन्धान थालिसकेका छौं । अनुसन्धानपछि नै थप कुराहरू खुल्नेछन्,’ ढकालले भने । 

विमानस्थलमा कुनै थ्रेट आएको खण्डमा बम नै राखिएको जस्तो मानेर अप्रेशन गर्नुपर्ने विमानस्थल प्रवक्ता सिटौलाले बताए । ‘बम थ्रेट आएपछि यसलाई मजाकको रूपमा नलिई साच्चिकै बम नै राखिएको हो भनेर हामीले त्यहीअनुसार काम गर्छौ,’ प्रवक्ता सिटौलाले भने, ‘किनकि त्यो थ्रेट साँच्चै हो कि झुटा हो भन्ने कुरा त हामीलाई थाहा हुँदैन । त्यसैले हामीले साँच्चै नै बमै हो भनेर काम गर्नुपर्छ ।’

यो बीचमा कुनै शंकास्पद बस्तु देखेमा तत्कालै सुरक्षा निकायलाई जानकारी दिन सबै यात्रुहरूलाई अनुरोध गरिएको उनको भनाइ छ । एक घण्टाभित्रै सर्च अप्रेशन सकिएको भन्दै डिले भएका सबै उडान आज दिनभर गन्तव्यमा पुर्‍याइसकिने बताए । 

‘केही विमानस्थल राति १२ बजेसम्म सञ्चालन हुन थालिसकेका छन् । एक घण्टा मात्रै डिले भएको हो । यसमा रातिसम्म भए पनि सबै उडान सक्नुपर्छ,’ प्रवक्ता सिटौलाले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार