१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनकाे मुखमा भारत गइरहेका नेपाली भन्छन्- हाम्रो परिवार कसले पाल्ने ? नेतालाई विश्वास गर्न सकिएन

२१ बैशाख २०७९, बुधबार ०७:३९

वैशाख २१, काठमाडौं | स्थानीय तह निर्वाचन आउन अब नाै दिन बाँकी छ । तर, मंगलबार बेलुका गौरिफण्टा नाकामा भारत जाने नेपाली लामबद्ध थिए । देश चुनावमय भइरहेका बेला भारत गइरहेका उनीहरूलाई भरत जाने रहर भने हैन, घरमा ऋणको भार थपिनु र स्वदेशमा रोजगारीको सुनिश्चितता नहुँदा चुनावको मुखमा पनि भारत जानुपर्ने उनीहरूको बाध्यता हो ।

‘गाउँघरमा चुनाव लागेको छ,’ अछामको तुर्माखाँद गाउँपलिका–२ का विशाल रावलले भने, ‘तर हामीलाई ऋणले च्यापेको छ । घरमा बसेर परिवार पाल्न नसकिने देखिएपछि बाध्य भएर भारत जानुपरेको हो ।’

                                                     

नेता र उनीहरूकाे पछि लागेर फाइदा लिनेलाई मात्र चुनाव लागेकाे उनी भन्छन् । ‘घरघरमा नेता आएर चुनावमा सहयोग गर्नुपर्छ भन्दै थिए,’  रावलले भने, ‘हाम्रो परिवार कसले पाल्छ भन्दा कसैले भरोसा दिन सकेनन्, जनताको गाँसबासको सुनिश्चितता गर्न नसक्ने उम्मेदवारलाई भोट दिनुको औचित्य नै देखिएन । यो चुनाव नेता र आसेपासेका लागि मात्रै आएको हो ।’

सोही ठाउँका हिमाल रावल नयाँ वर्ष मनाउन भारतको दिल्लीबाट घर फर्केका थिए । चुनावको मुखैमा उनी फेरि रोजगारीका लागि भारत नै फर्केका छन् । भारतबाट कमाएर ल्याएको पैसा घरमा परेको ऋण तिर्नमै ठिक भएको भन्दै उनले छोराछोरीलाई स्कुल पढाउन स्मस्या हुने देखिएपछि पुनः भारत हिँडेकाे बताए । ‘आफुले पढ्न नसकेपछि छोराछोरीलाई पढाउने रहर छ,’ उनले भने, ‘नयाँ भर्नाको समय आउँदा आफुसँग पैसा नभएपछि कामको खोजीमा भारत गइरहेको छु ।’ 

चुनावका बेला मात्रै नेताहरू आफ्ना हुने गरेको भन्दै उनले भने, ‘चुनावपछि कसैले हामीलाई चिन्दैनन् । चुनावमा गाउँ बस्नुभन्दा दुई चार पैसा कमाउन सकिन्छ भनेर भारत जाँदै छु ।’ नयाँ वर्ष मनाउन चैत अन्तिम साता नेपाल आएका उनी एक महिना पनि घरमा बसेर पुनः भारत तर्फ फर्कन लागेका हुन् ।

आफु भारत हुँदा घर खर्च चलाउन परिवारले गाउँमा निकालेको ऋण तिर्नमै सकियाे ल्याएको पैसा,’ उनले भने, ‘बचेको पैसा नयाँ वर्ष मनाउनमै सकियो, लामो समय घरमा बस्दा फेरि ऋण पर्ने भएपछि भारत फर्केको हुँ ।’

निर्वाचनको समयमा नेताहरुले थुप्रै आश्वास दिए पनि जनताकाे जीवनमा परिवर्तन नआएकाे हिमालले बताए । ‘२०७४ को निर्वाचनमा स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने एजेण्डा सबै उम्मेदवारको प्राथमिकतामा थियो,’ उनले भने,  ‘तर पाँच वर्षसम्म गाउँमा कुनै रोजगारीका अवसर सृजना भएन । अहिले पनि उम्मेदवार त्यही नारा लिएर गाउँ आइरहेका छन्, अब पत्याउँन सकिएन ।’

भारत जान लागेका बझाङको छबिस पाथिभेरा गाउँपालिका-३ का नवराज जोशीले अघिल्लो स्थानीय तहको निर्वाचनमा उत्साहका साथ उम्मेदवारको पछि लागेको बताए । 'गाउँगाउँमा विकासको लहर ल्याउँछौं, भारत जानुपर्ने बाध्यताको अन्त्य गछौं, नि:शुल्क शिक्षा प्रदान गछौं, डाक्टरसहितको स्वास्थ्य चौकी बनाउँछौं भन्दै अघिल्लो चुनावमा नेताहरूले नारा लगाएका थिए,’ जोशीले भने, ‘ती नारा चुनावपछि हराए । त्यसैले यस पटकको चुनावप्रति कुनै उत्साह जागेन । गाउँमा हल्लिएर बस्नुभन्दा भारततर्फ जान ठिक लाग्यो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार