२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनकाे मुखमा भारत गइरहेका नेपाली भन्छन्- हाम्रो परिवार कसले पाल्ने ? नेतालाई विश्वास गर्न सकिएन

२०७९, २१ बैशाख बुधबार ०७:३९

वैशाख २१, काठमाडौं | स्थानीय तह निर्वाचन आउन अब नाै दिन बाँकी छ । तर, मंगलबार बेलुका गौरिफण्टा नाकामा भारत जाने नेपाली लामबद्ध थिए । देश चुनावमय भइरहेका बेला भारत गइरहेका उनीहरूलाई भरत जाने रहर भने हैन, घरमा ऋणको भार थपिनु र स्वदेशमा रोजगारीको सुनिश्चितता नहुँदा चुनावको मुखमा पनि भारत जानुपर्ने उनीहरूको बाध्यता हो ।

‘गाउँघरमा चुनाव लागेको छ,’ अछामको तुर्माखाँद गाउँपलिका–२ का विशाल रावलले भने, ‘तर हामीलाई ऋणले च्यापेको छ । घरमा बसेर परिवार पाल्न नसकिने देखिएपछि बाध्य भएर भारत जानुपरेको हो ।’

                                                     

नेता र उनीहरूकाे पछि लागेर फाइदा लिनेलाई मात्र चुनाव लागेकाे उनी भन्छन् । ‘घरघरमा नेता आएर चुनावमा सहयोग गर्नुपर्छ भन्दै थिए,’  रावलले भने, ‘हाम्रो परिवार कसले पाल्छ भन्दा कसैले भरोसा दिन सकेनन्, जनताको गाँसबासको सुनिश्चितता गर्न नसक्ने उम्मेदवारलाई भोट दिनुको औचित्य नै देखिएन । यो चुनाव नेता र आसेपासेका लागि मात्रै आएको हो ।’

सोही ठाउँका हिमाल रावल नयाँ वर्ष मनाउन भारतको दिल्लीबाट घर फर्केका थिए । चुनावको मुखैमा उनी फेरि रोजगारीका लागि भारत नै फर्केका छन् । भारतबाट कमाएर ल्याएको पैसा घरमा परेको ऋण तिर्नमै ठिक भएको भन्दै उनले छोराछोरीलाई स्कुल पढाउन स्मस्या हुने देखिएपछि पुनः भारत हिँडेकाे बताए । ‘आफुले पढ्न नसकेपछि छोराछोरीलाई पढाउने रहर छ,’ उनले भने, ‘नयाँ भर्नाको समय आउँदा आफुसँग पैसा नभएपछि कामको खोजीमा भारत गइरहेको छु ।’ 

चुनावका बेला मात्रै नेताहरू आफ्ना हुने गरेको भन्दै उनले भने, ‘चुनावपछि कसैले हामीलाई चिन्दैनन् । चुनावमा गाउँ बस्नुभन्दा दुई चार पैसा कमाउन सकिन्छ भनेर भारत जाँदै छु ।’ नयाँ वर्ष मनाउन चैत अन्तिम साता नेपाल आएका उनी एक महिना पनि घरमा बसेर पुनः भारत तर्फ फर्कन लागेका हुन् ।

आफु भारत हुँदा घर खर्च चलाउन परिवारले गाउँमा निकालेको ऋण तिर्नमै सकियाे ल्याएको पैसा,’ उनले भने, ‘बचेको पैसा नयाँ वर्ष मनाउनमै सकियो, लामो समय घरमा बस्दा फेरि ऋण पर्ने भएपछि भारत फर्केको हुँ ।’

निर्वाचनको समयमा नेताहरुले थुप्रै आश्वास दिए पनि जनताकाे जीवनमा परिवर्तन नआएकाे हिमालले बताए । ‘२०७४ को निर्वाचनमा स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने एजेण्डा सबै उम्मेदवारको प्राथमिकतामा थियो,’ उनले भने,  ‘तर पाँच वर्षसम्म गाउँमा कुनै रोजगारीका अवसर सृजना भएन । अहिले पनि उम्मेदवार त्यही नारा लिएर गाउँ आइरहेका छन्, अब पत्याउँन सकिएन ।’

भारत जान लागेका बझाङको छबिस पाथिभेरा गाउँपालिका-३ का नवराज जोशीले अघिल्लो स्थानीय तहको निर्वाचनमा उत्साहका साथ उम्मेदवारको पछि लागेको बताए । 'गाउँगाउँमा विकासको लहर ल्याउँछौं, भारत जानुपर्ने बाध्यताको अन्त्य गछौं, नि:शुल्क शिक्षा प्रदान गछौं, डाक्टरसहितको स्वास्थ्य चौकी बनाउँछौं भन्दै अघिल्लो चुनावमा नेताहरूले नारा लगाएका थिए,’ जोशीले भने, ‘ती नारा चुनावपछि हराए । त्यसैले यस पटकको चुनावप्रति कुनै उत्साह जागेन । गाउँमा हल्लिएर बस्नुभन्दा भारततर्फ जान ठिक लाग्यो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश