२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

२०७९, २३ बैशाख शुक्रबार १२:३५

वैशाख २३, अछाम | अछाममा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका-४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

अम्बकला बिरामी भएको थाहा पाएपछि एमाले टोलकमिटी गोविन्द विकको अगुवाइमा मोहन विक, जुनपुरा विक, मोती विक,  ईश्वरी विकलगायतले स्टेचरमा तीन घण्टा बोकेर स्वास्थ्य चौकी पुर्‍याएका थिए । 

स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि वडा, पालिका र जिल्ला प्रशासनको समन्वयमा सुर्खेत पठाएको समाजसेवी तथा नेकपा एमालेकी नेतृ धर्मिन्द्रा शाहले जानकारी दिइन् । शुक्रबार बिहान बाटुलासैन स्वास्थ्य चौकीमा प्रसूतिका लागि ल्याइएकी विकले छोरीलाई जन्म दिए पश्चात् रक्तस्रावका कारण स्वास्थ्यमा जटिलता आएको थियो । 

बच्चा जन्मिसकेपछि पनि उच्च रक्तस्राव हुँदा उनलाई प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको महिला स्वास्थ्य स्वयंसेविका मनसरादेबी खत्रीले जानकारी दिइन् । स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय एवम् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरी सुर्खेत पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए । 

गर्भवती, सुत्केरी तथा जटिल अवस्थामा महिलालाई जिल्लामा उपचार सम्भव नभए पछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत कुरुवासहित निःशुल्क सुविधासम्पन्न अस्पतालमा पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताए । 

पछिल्लो ५ महिनाको अवधिमा मात्रै पाँच जना महिलाको हेलिकप्टरबाट उद्धार गरिसकेको उनको भनाइ छ । दुर्गम क्षेत्रका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी