२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

२३ बैशाख २०७९, शुक्रबार १२:३५

वैशाख २३, अछाम | अछाममा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका-४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

अम्बकला बिरामी भएको थाहा पाएपछि एमाले टोलकमिटी गोविन्द विकको अगुवाइमा मोहन विक, जुनपुरा विक, मोती विक,  ईश्वरी विकलगायतले स्टेचरमा तीन घण्टा बोकेर स्वास्थ्य चौकी पुर्‍याएका थिए । 

स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि वडा, पालिका र जिल्ला प्रशासनको समन्वयमा सुर्खेत पठाएको समाजसेवी तथा नेकपा एमालेकी नेतृ धर्मिन्द्रा शाहले जानकारी दिइन् । शुक्रबार बिहान बाटुलासैन स्वास्थ्य चौकीमा प्रसूतिका लागि ल्याइएकी विकले छोरीलाई जन्म दिए पश्चात् रक्तस्रावका कारण स्वास्थ्यमा जटिलता आएको थियो । 

बच्चा जन्मिसकेपछि पनि उच्च रक्तस्राव हुँदा उनलाई प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको महिला स्वास्थ्य स्वयंसेविका मनसरादेबी खत्रीले जानकारी दिइन् । स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय एवम् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरी सुर्खेत पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए । 

गर्भवती, सुत्केरी तथा जटिल अवस्थामा महिलालाई जिल्लामा उपचार सम्भव नभए पछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत कुरुवासहित निःशुल्क सुविधासम्पन्न अस्पतालमा पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताए । 

पछिल्लो ५ महिनाको अवधिमा मात्रै पाँच जना महिलाको हेलिकप्टरबाट उद्धार गरिसकेको उनको भनाइ छ । दुर्गम क्षेत्रका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने