2026-10-02 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

घुम्ती शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण

वैशाख २३, खोटाङ | खोटाङको साकेला गाउँपालिकाले ४०२ अशक्तलाई घरैमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सामाजिक सुरक्षाभत्ता लिँदै आएका १ हजार २०७ जना लाभग्राहीमध्ये बैंकसम्म पुग्न नसक्ने ४०२ ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई गाउँपालिकाले घुम्ती शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । 

५ वडा रहेको गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिकमा सामाजिक सुरक्षाभत्ता बापत १ करोड १३ लाख रुपैयाँ निकासा भएको थियो । सामाजिक सुरक्षा भत्ता नेपाल एसबिआई बैंकको साकेला शाखा र गाउँपालिकाले पाँच वडा कार्यालय सहित ६ स्थानमा शिविर आयोजना गरेर वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले जानकारी दिए । 

सामाजिक सुरक्षा भत्ता वितरणका लागि गत १३ वैशाखमा साकेला गाउँपालिका–२ रतन्छा, १४ वैशाखमा साकेला गाउँपालिका–३ खिदिमा, १५ वैशाखमा साकेला गाउँपालिका–४ मात्तिम, १६ वैशाखमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ता तथा २० वैशाखमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको चण्डेश्वरी आधारभूत विद्यालय डाँडागाउँ र २२ वैशाखमा बाँझेच्यानडाँडा वडा कार्यालयमा घुम्ती शिविर सञ्चालन गरिएको थियो । बैंकसम्म पुग्नसक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षाभत्ता बुझिसकेको गाउँपालिकाले जनाएको छ । 

साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दैआएको छ । तर वृद्धावस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्षित गरी गाउँपालिका र बैंकले वडा–वडामा शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको छ । गाउँपालिका र बैंकबीचमा वर्षको तीन पटक गाउँगाउँमा शिविर सञ्चालन गरेर भत्ता वितरण गर्ने सम्झौता छ । 

सामाजिक सुरक्षाभत्ता वितरणका क्रममा प्रमुख प्रशासकीय अधिकृत महेश राई, नेपाल एसबिआई बैंकका शाखा प्रबन्धक असीम इङ्नाम लगायत सामाजिक सुरक्षा शाखाका कर्मचारी शिविरस्थलमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने