नन्दराम जैशी/भदौ १६, जुम्ला । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ १६, जुम्ला । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भ"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

६ नं. प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा कालिकोट सेमिफाइनलमा प्रवेश

१६ भाद्र २०७३, बिहीबार १२:३९


नन्दराम जैशी/भदौ १६, जुम्ला । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति कालिकोटको टिम सेमिफाइनलमा प्रवेश गरेको छ । 

जुम्लामा आजदेखि शुरु भएको प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा पहिलो खेलमा चन्दननाथ नगरपालिकाको टिम जुम्ला र तेस्रो खेलमा जाजरकोटको टिमलाइ हराउदै कालिकोट सेमिफाइनलमा प्रवेश गरेको हो । 

यस्तै आज सम्पन्न भएका चार खेलमध्य दोस्रो खेलमा जिल्ला खेलकुद विकास समिति जुम्लाको टिमलाइ हराउदै सुर्खेत विजयि भएको छ । भने चौथो खेलमा पुन जिल्ला खेलकुद विकास समिति जुम्लाको टिमलाइ हराउदै नारायण नगरपालिका दैलेखको टिम विजयि भएको छ । 

लिगकम नकाउट चरणबाट प्रतिष्पर्धा गराइएको खेलमा लगातार २ टिमसँग प्रतिष्पर्धामा हार्ने टिम खेलबाट आउट हुने खेल प्रशिक्षक बरम बहादुर महतले बताउनुभयो । जस अनुसार आज लगातार २ टिम सुर्खेत र दैलेखसँग हारेपछि जिल्ला खेलकुद विकास समिति जुम्लाको टिम खेलबाट प्रतिष्पर्धामा आउट भएको छ । 

यसैबिच भोलि बिहान ७ बजेबाट शुरु हुने खेलमा चन्दननाथ नगरपालिकाको टिम जुम्ला र जाजरकोटको टिम बिच कडा प्रतिष्पर्धा हुने भएको छ । यस्तै भोलि हुने दोस्रो खेलमा प्रतियोगितामा राम्रो खेल प्रर्दशन गरीरहेका टिम सुर्खेत र दैलेख बिच कडा कडा प्रतिष्पर्धा हुने जनाइएको छ । 

६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता चन्दननाथ नगरपालिका जुम्लाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति जुम्लाको प्राविधिक सहयोगमा र भलिबल संघ जुम्लाको समन्वयमा संचालन भएको हो । 

भाद्र १८ गतेसम्म संचालन हुने प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका छन् । खेलमा प्रतिष्पर्धाका लागि जुम्लाका २ वटा टिम तथा कालिकोट, जाजरकोट,  सुर्खेत र दैलेखका १/१ वटा टिमले भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या