नन्दराम जैशी/भदौ १६, जुम्ला । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ १६, जुम्ला । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भ"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

६ नं. प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा कालिकोट सेमिफाइनलमा प्रवेश

२०७३, १६ भाद्र बिहीबार १२:३९


नन्दराम जैशी/भदौ १६, जुम्ला । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति कालिकोटको टिम सेमिफाइनलमा प्रवेश गरेको छ । 

जुम्लामा आजदेखि शुरु भएको प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा पहिलो खेलमा चन्दननाथ नगरपालिकाको टिम जुम्ला र तेस्रो खेलमा जाजरकोटको टिमलाइ हराउदै कालिकोट सेमिफाइनलमा प्रवेश गरेको हो । 

यस्तै आज सम्पन्न भएका चार खेलमध्य दोस्रो खेलमा जिल्ला खेलकुद विकास समिति जुम्लाको टिमलाइ हराउदै सुर्खेत विजयि भएको छ । भने चौथो खेलमा पुन जिल्ला खेलकुद विकास समिति जुम्लाको टिमलाइ हराउदै नारायण नगरपालिका दैलेखको टिम विजयि भएको छ । 

लिगकम नकाउट चरणबाट प्रतिष्पर्धा गराइएको खेलमा लगातार २ टिमसँग प्रतिष्पर्धामा हार्ने टिम खेलबाट आउट हुने खेल प्रशिक्षक बरम बहादुर महतले बताउनुभयो । जस अनुसार आज लगातार २ टिम सुर्खेत र दैलेखसँग हारेपछि जिल्ला खेलकुद विकास समिति जुम्लाको टिम खेलबाट प्रतिष्पर्धामा आउट भएको छ । 

यसैबिच भोलि बिहान ७ बजेबाट शुरु हुने खेलमा चन्दननाथ नगरपालिकाको टिम जुम्ला र जाजरकोटको टिम बिच कडा प्रतिष्पर्धा हुने भएको छ । यस्तै भोलि हुने दोस्रो खेलमा प्रतियोगितामा राम्रो खेल प्रर्दशन गरीरहेका टिम सुर्खेत र दैलेख बिच कडा कडा प्रतिष्पर्धा हुने जनाइएको छ । 

६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता चन्दननाथ नगरपालिका जुम्लाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति जुम्लाको प्राविधिक सहयोगमा र भलिबल संघ जुम्लाको समन्वयमा संचालन भएको हो । 

भाद्र १८ गतेसम्म संचालन हुने प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका छन् । खेलमा प्रतिष्पर्धाका लागि जुम्लाका २ वटा टिम तथा कालिकोट, जाजरकोट,  सुर्खेत र दैलेखका १/१ वटा टिमले भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण